सुनचाँदी व्यवसायी संघ बझाङको अध्यक्षमा सन्तोष सुनार चयन

बझाङ : सुनचाँदी व्यवसायी संघ बझाङको शनिबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले सन्तोष सुनारलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । अधिवेशनले निराजन स्नेहीले उपाध्यक्षमा निर्विरोध चयन गरेको छ । यसैगरी दिपेन्द्र रसाइलीले सचिव, पदम सुनारले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् । सदस्यमा मोहन सुनार,कल्पना सुनार,प्रशान्त सोव,साजन रिजाल,सन्तोष दियाली,संजय विक र सुसिल सोव रहेका छन् । अध्यक्ष […]

Continue Reading

मष्टा गाउँपालिका–५ का निवर्तमान वडाध्यक्ष आग्रीको निधन

बझाङ : बझाङको मष्टा गाउँपालिका -५ का निवर्तमान वडा अध्यक्ष कम्मान आग्रीको मृत्यु भएको छ । पारिवारिक श्रोतका अनुसार केही महिना अघिदेखि बिरामी रहेका उनको उपचारका क्रममा घरमै निधन भएको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी  नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

Continue Reading

चैनपुर सेती जलबिद्युतको प्रगति समिक्षा जनतालाई अल्मल्याउने वातावरण मात्रै हो : समन्वय प्रमुख बोहरा

बझाङ : २१० मेघावाटको चैनपुर सेती जलविद्युत आयोजनाले गरेको प्रगति समिक्षा देखावटी रुपमा जनतालाई अल्मल्याउनको लागि गरिएको जिल्ला समन्वय समिती बझाङका प्रमुख नरबहादुर बोहराले बताए । आयोजनाले बुधबार तलकोट गाउँपालिका–३ को बष्टीगाउँमा आयोजना गरेको प्रगति समिक्षा कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, प्रदेश सभा सदस्य दमन भण्डारी, संविधान सभा सदस्य अफिलाल ओखेडा, […]

Continue Reading

जयपृथ्वी बहुमुखी क्याम्पसको नयाँ भवनको शिलान्यास

 बझाङ : बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसको नयाँ भवनको शिलान्यास गरिएको छ । बुधबार सुदुरपश्चिम विश्वविध्यालयको आर्थिक सहयोगमा १ करोड ९९ लाख ३ हजार २८ रुपैयाँ लागतमा बन्ने क्याम्पस भवनको शिलान्यास गरिएको हो । सुदुरपश्चिम विश्वविध्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तको उपस्थितिमा विश्वविध्यालयका रजिस्ट्रार यज्ञराज पाठकले जयपृथ्वी नगरपालिका–११ भोपुर स्थित जयपृथ्वी बहुमुखि क्याम्पसको जमिनमा भवनको शिलान्यास गरेका […]

Continue Reading

२०२३ को वातावरण पत्रकारिता पुरस्कार बझाङका पत्रकार बसन्तप्रताप सिंहलाई

बझाङ  : नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२३ बझाङका पत्रकार बसन्तप्रताप सिंहलाई प्रदान गर्ने निर्णय गरेको छ । कान्तिपुर पब्लिकेशनमा कार्यरत पत्रकार निरन्तर वातावरणका विषयमा खोजमूलक समाचार लेखन गरेवापत सिंहलाई नगद तथा प्रमाण–पत्र प्रदान गरिने भएको हो । समूहले प्रत्येक वर्षको […]

Continue Reading

उरैँ नाका खुल्ने भएपछि साइपालका स्थानीयमा बढ्यो उत्साह

बझाङ : बझाङको उरैँ नाका सञ्चालनमा आउने भएको छ । आगामी असार १६ गतेदेखि चीनको तिब्बतसँग जोडिएको उरैँ नाका सञ्चालनमा आउने भएको बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले बताउनुभयो । चीनको तिब्बतका सुरक्षा अधिकारी र नेपालका तर्फबाट बझाङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूसँग केही दिन अगाडि भएको भर्चुअल दुईपक्षीय कुराकानी पछि असार १६ गतेदेखि उरैँ […]

Continue Reading

स्काईवाक टावरका निर्देशकले वितरण गरे, एक सय ७५ विद्यार्थीलाई पोशाक

बझाङ– जिल्लाको एक दुर्गम विद्यालयका विद्यार्थीलाई एक व्यक्तीले खेलकुद पोशाक वितरण गरेका छन । छविस पाथीभेरा गाउँपालिका स्थित चन्द्रोदय माध्यमिक विद्यालयका सबै एक सय ७५ जना विद्यार्थीलाई स्थानिय तेज बहादुर सिंहले पोशाक वितरण गरेका हुन । काठमाण्डौंको कमलादीमा रहेको स्काई वाक टावरका निर्देशक सिंहले आफ्ना पिता संस्थापक रहेको विद्यालयका विद्यार्थीहरुलाई व्यक्तीगत लगानीमा पोशाक वितरण गरेको […]

Continue Reading

नियम उल्लंघन गरे ‘ट्राफिक स्वयंसेवक’ खटाउने कार्य रोक्न इन्सेकको माग

बझाङ : नियम उल्लंघन गरे ‘ट्राफिक स्वयंसेवक’ खटाउने कार्य रोक्न इन्सेकले माग राखेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जेठ १५ गते फेसबुकमा एक स्टाटस लेख्दै मापसे लगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई स्वयंसेवकका रूपमा सडकमा सघाउन लगाएको कार्य नियम विपरित भएको भन्दै उक्त कार्य रोक्न अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले माग गरेको हो । […]

Continue Reading

जयपृथ्वी बहुमुखी क्याम्पसमा २० गतेदेखि गर्मी बिदा

बझाङ: बझाङमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पसले गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी बढेका कारण पठनपाठनमा समस्या देखिएको भन्दै क्याम्पसले २१ दिन विदा दिएको हो । क्याम्पसले एक सूचना जारी गर्दै जेठ २० गतेदेखि असार ९ सम्म गर्मी दिइएको जनाएको छ । क्याम्पस प्रमुख दीर्घराज पण्डितद्धारा जारी सूचनामा बिदा अवधिमा प्रशासन भने खुलै रहने उल्लेख […]

Continue Reading

गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बझाङमा वृक्षारोपण

बझाङ : गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बझाङको परिसरमा वृक्षारोपण गरिएको छ । जेठ १५ गते अर्थात् (आज) परेको गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बझाङले  मंगलबार वृक्षारोपण गरेको हो । जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक ब्यापक चन्द्र शाहको नेतृत्वमा गरिएको वृक्षारोपणमा कार्यालयका अन्य कर्मचारीको पनि सहभागिता रहेको थियो । […]

Continue Reading