एमाले निकट पेशागत महासंघ बझाङको अधिवेशन सम्पन्न

बझाङ : बझाङमा नेकपा एमाले समर्थक पेशागत महासंघ जिल्ला समितिको अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम स्थित नेकपा एमालेको पार्टी कार्यालयमा सम्पन्न भएको पेशागत महासंघ नेपाल बझाङ जिल्ला समिति अधिवेशनबाट विनोद बहादुर सिंह चयन भएका छन् । आज शुक्रबार भएको तेस्रो जिल्ला अधिवेशनबाट सिंहको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरीएको सहकर्मी रमेश केसीले बताए । बझाङ […]

Continue Reading

बझाङमा स्ववियु निर्वाचनः अनेरास्ववियु र अनेरास्ववियूू (एस) वीच गठबन्धन

रिदम सिंह, बझाङ । आगामी चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन देशैभर हुदै छ । यता बझाङजिल्लामा रहेका त्रिभुवन विश्व विद्यालय अन्र्तगतमा ७ र सुदुरपश्चिमाअञ्चल विश्वविद्यालय अन्र्तगतका १ गरी ८ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुदैँछ । मनोनय गर्ने समय नजिकिए सँगै विद्यार्थीका संगठनहरु पनि चुनावी तयारीमा जुटेका छन् । यसैवीच बझाङ जिल्लामा स्ववियु निर्वाचनमा […]

Continue Reading

बझाङ र बैतडीका साथी शिक्षकका लागि १२ दिनको रुपान्तरण तालिम

बझाङ । बझाङकाे सदरमुकाम चैनपुरमा रूपान्तरण साथी शिक्षकलाई १२ दिने रूपान्तरण तालिम सुरू भएकाे छ । बझाङमा संचालित युएनएफपिएकाे आर्थिक सहयाेग, भिएसओ र पिसिवनद्वारा सञ्चालित लैङ्गिक हिंसा राेकथाम तथा प्रतिकार्य परियाेजना मार्फत तालिम सुरु भएको हाे । तालिममा बझाङका ४ जना, बैतडिका ९ जना साथी शिक्षकहरूको सहभागिता रहेको छ । दुबै जिल्लाका परियाेजना लागुभएका पालिकाका […]

Continue Reading

अल्लो प्रशोधन गरि कपडा तयार गरिँदै

बझाङ : बझाङमा जङ्गलमा  उपयोग विहिनभई खेर गई रहेको अल्लोलाई प्रशोधन गरेर कपडा बनाउन सुरु गरिएको छ । थलारा गाँउपालीका २ मोराइलमा अन्जु खाती र जौमती देवी खातीले परम्परागत उद्योगबाट कपडा बुन्ने कामको थालनी गरेकी हुन् ।। उनले जङ्गलमा खेर गइरहेको अल्लोलाई प्रशोधन गरि कपडा बुन्ने गरेकी छन् । उनले बुनेको कपडालाई गाउँपालिकाले खरिद गरि विद्याथीहरुका […]

Continue Reading

कस्ले फाल्यो बाहुँलीगाडमा बच्चा ?

बझाङ: जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित बाहुँलीगाड किनारमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको छ। बाहुँलीगाडको किनारमा निर्माणाधीन बसपार्क नजिक सालनाल सहित बालुवामा गुटमुटिएको अवस्थामा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएको छ। उक्त स्थानमा प्रहरी टोली खटाई शव फाल्नेको खोजी भैरहेको प्रहरीको भनाई छ। शिशुलाई […]

Continue Reading

बझाङ प्रशासन : कार्यालय खुल्नुअघि राष्ट्रिय गान

बझाङ : जिल्ला प्रशासन कार्यालय बझाङले कार्यालय समय सुरु हुनुअघि राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको छ । प्रशासनले फागुन १७ गते बुधबार आजदेखि कार्यालय समय सुरु हुनुभन्दा पहिला राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको हो । प्रत्येक दिन कार्यालय समय सुरु हुनु पूर्व पोसाकमा सजिएर राष्ट्रिय गान गाएर मात्रै काम सुरु गर्ने गरी उक्त […]

Continue Reading

दश दिने प्रारम्भिक बालविकास शिक्षक तालिम सम्पन्न

बझाङ । रीड नेपालको आयोजना तथा खप्तडछान्ना गाउँपलिकाको समन्वयमा १० दिने प्रारम्भिक बालविकास शिक्षक तालिम ईश्वर आधारभूत विद्यालय घाटखाेलामा आज समापन भएको छ ।रीड नेपालका फिल्ड प्रबन्धक देबराज खत्रीको अध्यक्षता तथा पुर्ब गाउँपालिका तथा विद्यालय ब्यबस्थापन समिति अध्यक्ष बर्क बहादुर रोकायाको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको हो । कार्यक्रममा बोल्दै रोकायाले प्रारम्भिक बालविकास सिकाइको जग […]

Continue Reading

बझाङको देवलमा करोड लगानीको बालआश्रम प्रयोगविहीन

बझाङ : असहाय र विपन्न बालबालिकालाई आवासीय शिक्षा दिने उद्देश्यले निर्माण गरिएको बालआश्रम प्रयोगविहीन भएको छ । नेपाल सरकारको एक करोड लगानीमा दुई वर्षअघि निर्माण भएको भवन सञ्चालनमा नआउँदा अलपत्र परेको छ । संघीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ५० लाख र संघीय सरकारकै ५० लाख विशेष अनुदान रकमबाट उक्त बालआश्रमको भवन निर्माण भएको थियो । […]

Continue Reading

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज शपथ लिँदै

धनगढी: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज शुक्रवार पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शाहलाई शुक्रवार ३ः३० बजे प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको बुझिएको छ। एक महिना अघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले बिहीवार बसेको प्रदेश सभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि काँग्रेस संसदीय […]

Continue Reading

सामाजिक सुरक्षा भत्ता बुझ्न गएकी वृद्धकाे बाटोमै ज्यान गयो

बझाङ । सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किरहेकी एक महिलाको बाटोमै मृत्यु भएको छ । बझाङको छविसपाथिभेरा गाउँपालिका –१ परिङगाल घर भएकी करिब ७० बर्षिया सिता गिरीको मृत्यु भएको हाे । गाउँपालिकाको कार्यालय व्याँसीबाट जेष्ठनागारिक भत्ता बुझेर घर फर्कने क्रममा छविसपाथिभेरा गाउँपालिकाकै खौलागणा भन्ने ठाउँमा उनको मृत्यु भएको स्थानिय रामभक्त गिरीले बताएका छन् । विहान […]

Continue Reading