काम गर्दै आएका निमित्त प्रमुख प्रशासकीय अधिकृत जाेशीलाई हटाएपछि बुङगल नगरपालिका कार्यालय प्रमुख विहीन

रिदम सिंह, बझाङ ।  बझाङको बुङगल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको छ । एक महिना भन्दा बढी समय देखि नगरपालिका अधिकृत विहीन बन्दा योजना सम्झौता, निमार्ण सम्पन्न भएका योजनाको अन्तिम भुक्तानी तथा कर्मचारीको तलब लगायतका नगरपालिकाको सेवा प्रवाहमा समस्या भएको छ । बुङगल नगरपालिकामा उपसचिव स्तरको प्रमुख प्रशासकीय अधिकृत रहने भए पनि कर्मचारी अभावका […]

Continue Reading

सहिद दिवसको अवसरमा नेविसंघले गर्‍यो बझाङमा दिप प्रज्वलन

बझाङ : बझाङको लोकतान्त्रीक चोकमा नेपाली काँग्रेस निकट विध्यार्थी संगठन नेविसंघले दिप प्रज्वलन गरेको छ । आज बझाङको सदरमुकाम चैनपुरमा नेविसंघले सहिदहरुको सम्झानामा दिप प्रज्वलन गरी दिवस मनाएको हो । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर […]

Continue Reading

कथा वाचन तथा सामाग्री निर्माण सम्वन्धी चार दिने तालिम विहिवार सम्पन्न

रिदम सिंह, बझाङ । कथा वाचन तथा सामाग्री निर्माण सम्वन्धी चार दिने तालिम विहिवार सम्पन्न भएको छ । प्रगतिशिल युवा समाजको आयोजना, जयपृथ्वी नगरपालिका, केदारस्यूँ गाउँपालिकाको समन्वय तथा वल्र्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संञ्चालन गरिएको कथा वाचन तथा सामाग्री निर्माण सम्वन्धी विहिवार (आज) सम्पन्न भएको हो । गुणस्तरीय तथा समावेशी शिक्षा परियोजना अन्तरगत रहेर जयपृथ्वी […]

Continue Reading

एक महिनादेखी कार्यालय प्रमुखविहीन परियोजना कार्यान्वयन इकाई

रिदम सिंह, बझाङ । प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाईमा कार्यालय प्रमुख नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । एक महिनादेखी कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले लिनुपर्ने भुक्तानी नभएको, र कार्यालयवाट हुने विभिन्न कार्यन्वय गर्नुपर्ने कार्यक्रमहरुको कार्यन्वयन हुन नसक्दा समस्या भएको छ । तत्कालिन कार्यालय प्रमुख सविता जोशी अध्ययनका लगाी अष्ट्रेलिया गएपछी एक महिनादेखी कार्यालय प्रमुखविहीन […]

Continue Reading

कथा वाचन तथा सामाग्री निर्माण सम्वन्धि चार दिने तालिम चैनपुरमा सुरु

बझाङ । कथा वाचन तथा सामाग्री निर्माण सम्वन्धि चार दिने तालिम सदरमुकाम चैनपुरमा आज देखी सुरु भएको छ । प्रगतिशिल युवासमाज र वल्र्ड भिजनको साझेदारीमा संचालित कार्यक्रम अन्र्तगत केदारस्यँु गाउँपालिकाका वडानमबर ३, ६, ७ र ८ का २१ जना पढाइ शिविर सहजकर्ता मार्फत बालबालिकाहरुलाई बाल साहित्यको माध्यामबाट पढाइ प्रति अभिरुचि गराउने उदेश्यले उक्त तालिमको आयोजना […]

Continue Reading

नेपाल निजामती कर्मचारी संगठन बझाङद्वारा उच्चस्तरीय तलब सुविधा आयोग समक्ष सुझाव पेश

रिदम सिंह, बझाङ । नेपाल निजामती कर्मचारी संगठन बझाङले उच्चस्तरीय तलब सुविधा आयोग समक्ष सुझाव पेश गरेको छ । शुक्रबार धनगढीमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै कर्मचारी संगठनले सुझाव संकलन गर्ने क्रममा नेपाल निजामती कर्मचारी संगठन बझाङले पनि सुझाव पेश गरेको नेपाल निजामती कर्मचारी संगठन बझाङका अध्यक्ष दिनेश धामीले जानकारी दिनुभयो । कार्यक्रममा निजामती कर्मचारी संगठन […]

Continue Reading

एक वर्षदेखी वालुवाटार बाँझैः हिउँदे वर्षा नहुदाँ किसानहरु चपेटामा

रिदम सिंह, बझाङ । हिउँदे वर्षा हुन नसक्दा किसानहरु मर्कामा परेका छन् । पुष महिनाको अन्तिमसम्म पनि हिउँदे बर्षा नहुँदा किसानहरुले लगाएको गहुँ वाली सुक्न थालेको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिका, जयपृथ्वी नगरपालिकाका पडेस लगाएतका जिउलामा र सिँचाई नहुने जिल्लाका ग्रामिण भेगमा लगाएको गहुँ वाली सुक्न थालेको किसानहरुले गुनासो गरेका छन् । कात्तिक महिना […]

Continue Reading

सभामुखमा नेकपा माओवादी केन्द्रका भीम भण्डारीलाई एक मत अपुग

बझाङ । सुदूरपश्चिमको सभामुखमा नेकपा माओवादी केन्द्रका भीम भण्डारीका लागि एक मत अपुग भएको छ । बिहीवार भएको निर्वाचनमा भण्डारीले २७ मत पाएका हुन तर एक मत बदर भएको प्रदेश सभा सचिवालयले जनाएको छ। सभामुखमा भण्डारीको पक्षमा २७ मत आउँदा अर्का उम्मेदवार काँग्रेसका मानबहादुर रावलको पक्षमा २३ मत आएको थियो। प्रदेश सभामा ५३ जना सदस्य रहेको […]

Continue Reading

शिविरवाट एक हजारवढी साइपालबासी लाभान्वित

रिदम सिंह, बझाङ । साइपाल गाउँपालिकामा संञ्चालन भएको स्वास्थ्य शिविरबाट एक हजारबढी नागरिकले सेवा लिएका छन् । गाउँपालिकाको केन्द्र काँडामा सञ्चालन भएको तीन दिने स्वास्थ्य शिविर आइतवार सम्पन्न भएको छ । पालिकामा महिलाहरुमा पाठेघर लगाएतको समस्या धरै रहेको गुनासो आउन थालेपछी शिविरका लागी पालिकाका अध्यक्ष मानविर बोहरा र उपाध्यक्ष डोल्मा तामाङले राष्ट्रपति लगाएतका निकायमा पहल […]

Continue Reading

उपाध्यक्ष तामाङको पहलमा गाउँमा नै स्वास्थ्य शिविर 

रिदम सिंह, बझाङ । साइपाल गाउँपालिकामा यही पुष ८ गतेदेखी तीन दिने शिविर संञ्चालन हुने भएको छ । गुँरासे क्लयाणकारी सेवा प्रतिष्ठान, रोटरी क्लव अफ नक्सालको आयोजनामा पुष ८,९ र १० गतेसम्म तिन दिने निशुल्क स्वास्थ्य शिविर संञ्चालन हुने भएको छ । गाउँपालिकामा रहेका महिलाहरुको स्वास्थ्य समस्याका आधारमा शविरको आयोजना गरिएको साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा […]

Continue Reading