अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार बरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई

काठमाडौं । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले प्रत्येक दुई बर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यो बर्ष बरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गरिने भएको छ ।

अनेसासका ट्र«ष्टी सदस्य भवन भट्टले प्रायोजन गरेको यो पुरस्कारमा प्रमाण पत्र सहित अमेरिकी एक हजार डलर छ । मे ९ मा संस्थाका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले साहित्यकार पाठकलाई दिने निर्णय गरेको थियो ।

साहित्यकार पाठकका मोहचक्र, शुन्यवत, अग्नि दह र दुश्वप्न तथा कृतिहरु, अव्यक्त कविता संग्रह श्री कृष्ण लीला, मेहनती मौरी, दश महामुर्ख, राम कथा, चतुरे बन्यो नेता, चमत्कारी औठी र धुर्त श्याल र घमण्डी बाघ बालकथा कृतिहरु प्रकाशित छन् ।

यसैगरी पाठकका गोमा संघर्षशील जीवनका पाटाहरु, तोत्र–प्रेम वृतान्त, सम्झनामा राममान तृषित जीवनी कृतिहरु प्रकाशित छन् । पाठकले नारीश्वर साहित्यक त्रैमासिक साहित्यिक पत्रिकाको पनि सम्पादन गर्दै आएकी छन् ।

नेपाली महिला साहित्यकारहरुको संस्था ‘गुञ्जन’ का अध्यक्ष समेत रहेकी पाठक अनेसास नेपाल च्याप्टरको सल्लाहकार छिन् ।
यसअघि सो पुरस्कार साहित्यकार गीता खत्रीलाई प्रदान गरिएको थियो ।