क्वारेन्टाइनतर्फ मान्छे लिएर जाँदै गरेको टिपर कर्णालीमा खस्यो, ३२ जना बेपत्ता

कालीकोट — कालीकोटको लालीघाट नजिकै जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर आज बिहान साढे १० बजे कर्णालीमा खसेको छ । रासकोट नरपालिकामा रहेको क्वारेन्टाइनमा मानिसहरु पुर्‍याउन गएको टिपरमा सवारमध्ये ३२ जना नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएपसी श्यामबाबु ओलियाले बताए ।

उनका अनुसार जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा टिपर खसेको हो । नदीमा हराएकाको खोजी कार्य जारी रहेको पनि उनले बताए । उनले टिपरमा रहेका मानिसहरु भारतबाट आएका हुनसक्ने पनि बताए ।