पाँच वर्ष पछि सुरु भयो इङ्गलदार पुल

.५ वर्षको अवधीमा ७ ले गुमाए ज्यान
भुवन बहादुर सिंह
बझाङ– भुगोलका हिसावले नेपालको सबै भन्दा ठुलो र दुर्गम साइपाल गाउ“पालिकाको इङ्गलद्धार पुल निर्माणको काम ठेक्का सम्झौता भएको पा“च वर्ष पछि सुरु भएको छ । हेलिकप्टर मार्फत निर्माण सामाग्री ढुवानी गरेर पुल निर्माण सुरु गरिएको हो ।
झोलुङ्गेपुल निर्माणको लागि आवश्यक पर्ने लठ्ठा, फलामे सामान, सिमेन्ट लगायत सम्पुर्ण सामानहरु निर्माण स्थलमा पुर्याएर काम सुरु गरिएको र आगामी असोज भित्र पुल हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ । पुल निर्माण स्थल अत्यन्तै विकट ठाउ“मा भएको र सामाग्री ढुवानीमा कठिनाई भएकाले निर्माण कार्य ढिला भएको निर्माण कम्पनी हरीहरी निर्माण सेवा प्रालिले जानकारी दिएको छ ।
‘सामान ढुवानी गर्न सबै विकल्पहरुमा प्रयास गर्दा गर्दै समय वित्यो । ‘मान्छे र खच्चर मार्फत ढुवानी सम्भव नभए पछि अन्तमा हेलिकप्टर प्रयोग गरेका हौं ।’ पुल निर्माणको जिम्मा लिएको हरीहरी निर्माण सेवा प्रालिका प्रमुख प्रकाशजंङ शाहले भने ‘अव सबै सामान पुगिसकेकोले धमाधम काम हुन्छ । असोज १५ सम्म पुल हस्तान्तरण हुन्छ’
पुल निर्माण स्थल जिल्लाको अन्तिम मानव बस्ती साइपाल गाउ“पालिकाको धुली गाउ“बाट झण्डै २० किलोमिटर उत्तरमा पर्छ । यो बाटो भएर साइपाल गाउ“पालिकाका बासिन्दाको दैनिक कामकाज र पशुपालनका लागि ओहोर दोहोर गर्ने गरेका छन । यहीबाटो भएर बार्षिक हजारौंको संख्या यार्सा तथा जडिबुटी संकलकहरु र कैलास मानसरोवर जाने तिर्थ यात्रीहरु हिड्ने गरेका छन ।
नदी ठुलो भएको र पारका लागि कुनै पनि विकल्प नभएका कारण स्थानियले जोखिम मोलेर जंघार तर्ने गरेका छन । पुल नभएका कारण यो खोला तर्ने क्रममा पा“च वर्षको अवधीमा ७ जनाले ज्यान गुमाइसकेका छन ।
नदी तर्ने क्रममा बर्षेनी मानिसहरुले ज्यान गुमाइरहेको बारेमा कान्तिपुर दैनिकमा पटक पटक समाचार छापिए पछि २०७३ साल मंसिरमा स्थानिय विकास मन्त्रालय अन्र्तगतको डोलिडार परियोजनाले यहा“ पुल निर्माणको लागि टेन्डर आव्हान गरेको थियो । १ सय २० मिटर लम्बाई भएको उक्त पुल १ करोड ७८ लाख २८ हजारको लागतमा निर्माण गर्ने सम्झौता भएको थियो ।
ढिलै भए पनि पुल निर्माण हुने पक्का भए पछि खुशी लागेको गाउ“पालिका अध्यक्ष राजेन्द्र धामीले बताए । लामो समय सम्म पुल निर्माणको काम सुरु नगरे पछि ठेकेदार खोज्दैे पटक पटक काठमाण्डौं धाएको बताउने धामीले भने, ‘धेरै लामो प्रयास पछि अब पुल बन्ने पक्का भएको छ । यो पुल निर्माण भए पछि यहा“का आवतजावतमा सजिलो त हुन्छ नै चिन स“गको व्यापार व्यवसायमा पनि फस्टाउने छ ।’
जताततै जोखिम
इङ्गदारमा पुल बन्ने भए पनि यस गाउ“पालिकाका अन्य धेरै नदी खोलाहरुमा पुल नहु“दा अझै जोखिम छ । गाउ“पालिका र स्थानियको सक्रियतामा बनेका काठेपुलहरु पनि असार दोस्रो हप्ता तिर आएको बाढीले बगाए पछि अधिकासं खोलामा काठको सा“घुको भरमा वा जंघार तरेर नदी तथा खोला पार गर्नु परिरहेको छ । बर्खाको उर्लदो भेलमा काठको सा“घुको सहायताले खोला तथा नदी पार गर्दा अत्यन्त जोखिम हुने गरेको स्थानियले बताएका छन ।
तिब्बतको मानसरोवर कैलास जाने तिर्थयात्री, चिनको ताक्लाकोट जाने व्यापारी तथा स्थानिय, र धेरै जसो यार्सा संकलक हिड्ने बाटोमा रहेका थरुनीघाट खोला, राम खोला, लोकन्ते खोला, घाटगंगा खोला, औलागाड खोला र सेती नदीको विचपानी, इङगलद्धार र स्याङवन लगायतका ठा“उमा पुल नहु“दा ठुलो जोखिम मोलेर नदी पार गर्नु परिरहेको धुलीका तन्जन लामाले बताए । सा“घुबाट नदी तर्ने क्रममा सा“घु भाचिएर नदीमा खस्दा गत वर्ष मात्रै २ जना यार्सा संकलकको ज्यान गएको थियो भने २०७५ सालमा एकै घरका तीन जना किशोरको ज्यान गएको थियो ।
‘पुल नहुदा साह्रै जोखिम छ । एउटा काठको सहारामा नदी तर्दा काठ भाचिने सम्भावना हुन्छ । राम्रो संग अडिएको छैन भने हल्लिएर पनि मान्छे विच भंगालोमा खस्ने डर हुन्छ । ’ नदी तथा खोलामा आएको बाढीले सा“धु पनि पटक पटक बगाउने गरेको र काठ खोज्न दुख हुने गरेको बताउदै उनले भने ‘लेकाली क्षेत्रमा सा“धु बनाउनका लागी भने जस्तो काठ पनि पाइदैन । कहिले का“ही त काठ नपाएका कारण सा“धु बनाउन नसकेर १÷२ दिन सम्म ओडार मै बस्नु पर्ने हुन्छ’ उर्लदो भेलमा सा“धु तर्दा विचैमा रिङटा लागेर कतिपय भेलमा खस्ने गरेको उनको भनाइ छ ।
यहा“का विभिन्न नदी र खोलाहरुमा कम्तीमा ७ वटा पुलको आवश्यता रहेको र पुल निमार्णका विभिन्न ठा“उमा धाए पनि कतैबाट सुनुवाई नभएको गाउ“पालिका अध्यक्ष राजेन्द्र धामीले बताए । ढुवानीका कारण एउटा झोलुङ्गे पुलको लागत एक करोड भन्दा बढी लाग्ने भएकाले गाउ“पालिकाको बजेटबाट सम्भव नभएको उनको भनाई छ ।
वाटोमा झोलुङ्गे पुल नहुदा यहा“को बाटो भएर साइपाल हिमालको बेसक्याम्प र तिब्बत तिर जाने कतिपय पर्यटक र स्थानियहरु खोला बढेको बेला सा“धु तर्न नसकेर गन्तव्यमा नपुगी पmर्किने गरेको स्थानियहरु बताउछन ।