सिमाका प्रहरीलाई समस्यै समस्या : ४२ वर्ष पछि पहिलो पटक सिमा चौकीमा पुगे सुरक्षा प्रमुख

वसन्तप्रताप सिंह
धुली (बझाङ)– ‘भिस्याटले काम नगरेको तीन महिना हुन लागिसक्यो सर । डायलटोन त सुनिन्छ । न यताबाट सम्पर्क हुन्छ । न उताको कल आउ“छ’ सिमाप्रहरी चौकी धुलीका इन्चार्ज असई धर्म थापाले सिडीयो कमलराज भण्डारी र जिल्ला प्रहरी प्रमुख डिएसपी गणेश बमलाई सिमा प्रहरीका दुख सुनाउदै भने ‘एचएफ सेट पनि धेरै पुरानो भएकोले भनेको बेला काम गर्दैन । घाम नलागेको दिन त सोलार चार्ज नभएर बन्द हुन्छ । भनेको बेला फोन पनि लाग्दैन । केही घटना भैहाल्यो भने जिल्लामा खवर गर्न डा“डा डा“डा कुद्नु पर्छ ।’ उनले प्रहरीको संचार सेटले पनि काम नगर्ने भएकोले गस्ती हिडेका प्रहरी स“ग पनि चौकी मै पुगे पछि मात्रै सम्पर्क हुने गरेको बताए ।
जिल्लाको अन्तिम मानव बस्तीको रुपमा रहेको साइपाल गाउ“पालिकाको धुलीमा स्थापना भएको सिमा प्रहरी चौकीमा पहिलो पटक आएका सिडीयो र डिएसपीलाई प्रहरीले दुर्गममा भोग्नु परेको दुख सुनाउन पाउ“दा उनको अनुहारमा भने खुशी झल्किन्थ्यो । चिन र नेपालको सिमा जोडिएको यस गाउ“पालिकामा सिमासुरक्षार्थ २०३५ सालमा चौकी स्थापना भएको थियो । सिमा चौकी स्थापनाको झण्डै आधा दशक (४२ वर्ष) पछि मात्रै पहिलो पटक जिल्लाका सुरक्षा हेर्न प्रमुखहरुले चौकी निरिक्षणका लागि यहा“ खुट्टा टेकेका थिए ।
भाडाको चारकोठे सानो दुइतले घरमा रहेको चौकीको छानो चुहिने गरेको र अहिले टालटुल गरेर काम चलाई रहेको सुनाए । ‘चामल पनि यती मात्रै हो सर । एक वर्ष भरीलाई । यो सकियो भने लोकलहरुलाई पैंचो माग्नु पर्छ’ माथिल्लो तलामा रहेका २५ किलोका चार बोरा चामल देखाउदै भने, ‘उनिहरुका पनि घरमा भए दिने हुन । नभए चाउचाउ विस्कुट कै भरमा चल्नु पर्छ’
पहिलो पटक आएका प्रमुखहरुस“ग असई थापाले सिमा प्रहरीका दुख खुलेरै ब्रिफिङ गरे । सिमा सुरक्षाको लागि स्थापना भएको भए पनि धुली प्रहरी चौकीले जिल्लाको झण्डै आधा क्षेत्रफल ओगटेको साइपाल गाउ“पालिकाको पनि सुरक्षाको जिम्मा लिएको छ । साइपाल हाल सम्म यातायात संजालमा जोडिएको छैन । सदरमुकाम चैनपुरबाट धुली पुग्न चार दिन हिड्नु पर्छ । यहा“का एक गाउ“बाट अर्काे गाउ“ पुग्न पनि न्युनतम चार घण्टा देखी दुइ दिन सम्म लाग्छ । १६ जना प्रहरीको दरबन्दी रहेको भए पनि यहा“ अहिले आठ जना प्रहरी मात्रै कार्यरत छन । ‘दुइ तिन ठाउ“मा एकै पटक घटना भयो र प्रहरी पठाउनु पर्यो भने कहिले का“ही त चौकीमा ताल्चा लाएर जानु पर्ने हुन्छ’ थापाले कान्तिपुर स“ग भने ‘टाढाका गाउ“मा आज गएको प्रहरी आजै फर्किन सम्भव नै हुन्न । दुर्गमका समस्या यस्तै छन’
इन्चार्ज थापाको बिफ्रीङ सुनिसके पछि डिएसपी बमले प्रहरी हेडक्वार्टरको संचार शाखामा सम्पर्क गरेर भिस्याट टेलिफोन मर्मतका लागि अनुरोध गरे । त्यहा“ रहेका समस्या समाधानको लागि पहल गर्ने प्रतिवद्धता जनाए । उनले सिमा प्रहरी चौकीको भवन निर्माणको लागि बजेट आएको बताउदै अहिले प्रहरीको नाममा रहेको जग्गा बाढीको जोखिममा रहेकोले सुरक्षित स्थानमा जग्गा खोज्न पनि निर्देशन दिए । ‘अभाव नै अभावका विचमा पनि चुस्त सेवा दिइरहनु भएको देख्दा मलाई गर्व लागेको छ’ डिएसपी बमले भने ‘यहा“को समस्याहरु समाधानको लागि हेडक्वार्टर देखी अन्य निकायमा पनि समन्वय गर्ने छु । तपाईहरु उच्च मनोवलका साथ काम गर्नु होला’
प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले पनि भौगोलिक विकटता, जनशक्ती र प्रविधीको अभाव लगायतका विभिन्न समस्या झेलेरै भए पनि जिल्ला कै ठुलो भुभागमा शान्ती सुरक्षा कायम गर्न सफल भएकोमा प्रहरी कर्मचारीको प्रसंसा गरे । साइपालका जनताले भोग्ने समस्याहरु प्रहरीहरुले पनि भोगिरहेको बताउदै भने ‘यहा“का जनताका दुख सुख प्रहरीले अनुभव मात्रै गरेको छैन । भोगेको पनि छ । विभिन्न समस्या हुदाहुदै पनि तपाईहरुले गर्नु भएको काम प्रसंसा योग्य छ’ उनले प्रहरीलाई संचार, बन्दोबस्ती लगायतका कुरामा सुविधा सम्पन्न बनाउनका लागि पहल गरिने बताए ।
प्रहरी मात्र हैन यहा“का स्थानियले पनि खाद्यान्न अभाव र संचारको उस्तै समस्या झेलिरहेका छन । तै पनि यहा“का स्थानियहरु अभावमा प्रहरीलाई दिल खोलेर सहयोग गर्छन । ‘हाम्रै सुरक्षाको लागि आएका हुन भनेर कहिले का“ही आफु नखाएर पनि पुलिसलाई पैचों दिने गरेका छौ’ स्थानिय रिक्टोल लामाले भने ‘कहिले त हामी नै भोकै बस्नु पर्ने अवस्था हुन्छ । पुलिसलाई कहा“बाट दिनु ?’
एक वर्ष अघि गाउ“पालिकाको कार्यालय रहेको ठाउ“ का“डा सम्म नेपाल सरकारको ढुवानी अनुदानमा खाद्य संस्थानले चामल, पिठो लगायतका खाद्यान्न र साल्ट टे«डिङ कर्पाेरेसनले आयोडिन युक्त नुन वितरण गर्ने व्यवस्था गरेको भए पनि धुली र बलौडी गाउ“का बासिन्दाहरुको मह“गोमा चामल र नुन खानु पर्ने बाध्यता हटेको छैन । करिब दुइ सय परिवारको बसोबास रहेको यि दुइवटा गाउ“बाट डिपो सम्म पुग्न एकदिन पैदल हिड्नु पर्छ ।
आयोडिन युक्त नुन महंगो हुने भएकाले यहा“का अधिकांस बासिन्दाहरुले तिब्बतबाट आयात गरिएको ढिके नुन खाने गरेका छन । मान्छेले बोकेर ल्याएको नुन चामलको ढुवानी भाडा निकै मंहगो हुने भएका कारण धुली र बलौडीका बासिन्दाले सरकारले नौ रुपया“मा दिएको नुनलाई समेत ८० रुपैया तिरेर खानु परेको साइपाल गाउ“पालिका वडा नं ४ धुलीका वडा अध्यक्ष जयसिं रोकायाले बताए ।