भुवन बहादुर सिंह
बझाङ–बझाङको छविसपाथीभेरा गाउँपालिका १, का २५ बर्षिय नरेस रावललाई छविस पाथीभेरा गाउपालिकाले आर्थिक सहयोग गर्न भएको छ । गाउँपालिकाको हिजो बसेको कार्यपालिका बैठकले क्यान्सर पिडित रावललाई ६० हजार आर्थिक सहयोग गर्न निर्णय गरेको हो । यस अघि पनि रावललाई ४० हजार गरी एक लाख सहयोग गरेको गाउपालिका अध्यक्ष अकक्ल बहादुर धामीले जानकारी दिए । गाउपालिकाले अध्यक्ष धामील ‘भने गाउपालिकाले प्रत्येक बर्ष दिर्घ रोगीका लागि आर्थिक सहयोग ५ लाख ६० हजारको बजेट नै छुटाउने गरेको उनले बताए ।,
गाउपालिकाले विभिन्न खाले दम,क्यान्सर,मधुमेह,मुटुरोगी लगाएतका १४२ जना दिर्घ रोगिलाई उपचारका लागि आर्थिक सहयोग गरि गरिएको शिक्षा विकास समितिका अध्यक्ष तथा वडा नम्बर २ का वडा अध्यक्ष विकास कुमार अयडी जानकारी दिए ।
बोनम्यारो क्यान्सर पिडित रावललाई दुई वर्ष अघि काठमाण्डौमा अध्ययन गर्ने क्रममा उनलाई ल्युकेमिया बोनम्यारो क्यान्सरको संक्रमण भएको थियो । बुवाको केही बर्ष अघि नै मृत्यु भैसकेका कारण त्यहा“ निजी स्कुलमा पढाउदैै अध्ययन गरिरहेका थिए । काठमाण्डौको रोजगारीले उपचार गराउन सम्भव नभए पछि उनि अध्ययन छोडेर भारतको व्यंग्लोर पुगेका थिए ।
भारतमा मजदुरी गरेर कमाएको पैसा, आफन्तहरुले गरेको सहयोग र घरमा भएको सम्पती बेचेर १० लाख जति उपचारमा खर्च भैसकेको उनले बताए । उनले भने ‘अब डाक्टरले बोनम्यारो प्रत्यारोपण बाहेक अरु विकल्प छैन भनेको छ । त्यसको लागि भारु २० लाख जति खर्च लाग्ने रहेछ’ रावलले आफ्नो घरमा भएको श्रीसम्पती सबै उपचारमा खर्च भैसकेकोले त्यति ठुलो जोहो गर्न असम्भव भएकोले बताए ।
घरमा आमा र एक जना भाई मात्रै रहेको र उनिहरुको भरण पोषणको जिम्मा पनि आफ्नै का“धमा रहेकोले मनकारीदाताहरुलाई सहयोगको लागि अपिल गरेका छन । ‘यत्रो पैसा जुटाउन सक्ने मेरो कुनै आधार छैन । मलाई सहयोग गरेर मेरो ज्यान बचाईदिनुहोस’ उनले भने ।
उनको आफ्नै भाईको बोनम्यारो नरेसको शरिरमा प्रत्यारोपण गर्न सकिने डाक्टरले बताएको र भाई पनि बोन म्यारो दान गर्नका लागि तयार रहेको अवस्थामा खर्च अभावमा प्रत्यारोपण हुन नसकेको उनका आफन्त दिनेस रावलले बताए ।