बालिका हत्याको आशंकामा एक जना पक्राउ

भुवन  सिंह

बझाङ-मष्टा गाउँपालिका वडा नम्बर २ खिकालाकी १२ बर्षिया बालिका मृत्त अवस्थामा फेला परे पछि प्रहरीले बालिकाको हत्याको आशंकामा स्थानिय एक जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नमा सोही गाउँका एक स्थानिय भएको प्रहरीले जानकारी दिएको छ ।
बालिका बुधबार विहान गाउँको नजिकैको गोठमा बाख्रा हुल्न गएकी थिइन्  ।साझ अबेर सम्म घर नफर्क पछि घर परिवार खोजीमा जादा राती ८ बजे तिर गाउँ ननिकै रहेको सिम मन्दिरमा मृत्त अवस्था फेला पारेको स्थानिय राजेश खड्काले जानकारी दिए । बालिका आमा बुवा रोजगारीको सिलशिलामा भारतमा रहेका छन् । बालिबा आफ्ना हजुर बुवा हजुर आमा सँग गाउँमै बस्दै आएका थिइन् ् । स्थानिय खडुकाका अनुसार यो घटना मृत्यु नभई बलत्कार पछि हत्या हुन सक्ने उनले बताए । घटनाको बारेका थप अनुन्धान भई रहेको र पोष्मार्टमको लागि बालिको शव जिल्ला अस्पताल ल्याइरहेको डिएस पि रुपक खड्काले जानकारी दिए ।