केदारस्युँमा राष्ट्रिय युवा संघ गठन

बझाङ –राष्ट्रिय युवा संघ केदारस्यूँ गाउँपालिका संगठन कमिटिकाे आयोजनामा गाउँपालिका स्तरिय भेला सम्पन्न भएको छ। केदारस्युँ गाउँपालिका अध्यक्ष एबम नेकपा जिल्ला कार्यालय सदस्य ईन्द्र बहादुर भण्डारी ज्यू को प्रमुख आतित्थमा मा सम्पन्न भएको कार्यक्रमको सभापति राष्ट्रीय युवा संघ नपाल केदारस्युँ का संयोजक क. प्रशान्त भण्डारी ले गरेका थिए। कार्यक्रम विशिष्ट अतिथि नेकपाका केदारस्यूँ गा.पा.का ईन्चार्ज एबम जिल्ला सचिवालय सदस्य भीम बहादुर भण्डारी साथै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सदस्य क. कुमार सिंह भण्डारी ले संगठनको नवगठित कमिटीका सदस्य हरु लाई सफल कार्यकालको शुभकामना तथा बधाई दिनु भएको थियो। भेला अगाडी संगठनले देउरा बजार सरसफाई कार्यक्रम गरेको थियो भने भेला सञ्चालन कमल नेपाली ले गरेका थिए। भेलाले क. प्रशान्त भण्डारीकाे संयाेजकत्वमा ३५ सदस्यिय केदारस्युँ गाउँपालिका संगठन कमिटि गठन गरेकाे जानकारी राष्ट्रिय युवा संघ केदारस्यूँ गाउँपालिका संगठन कमिटिका सदस्य एवम् वडा नं. १ का इन्चार्ज क.सुमन भण्डारी ले जानकारी गराउनु भयाे ।