‘डाली डाली फुल फुल्यो…’ गितमा हेमन्ताको रिमिक्स सार्वजानिक

साइपाल खबर संवाददाता

काठमाडौं । गायिका हेमन्ता राईले ‘दुई थोपा आँशु’ चलचित्रको ‘डाली डाली फुल फुल्यो…’ गितको रिमिक्स लिएर आएकी छन् । म्युजिक भिडियोमा हेमन्ता र डिजे सन्तोषले स्वर दिएका छन् भने अञ्जली लामाले मोडलिङ गरेकी छन् । यहि असोज २२ गते बुढा सुब्बा डिजिटलबाट म्युजिक भिडियो रिलिज गरिएको छ ।

पप गितहरुमा रुची राख्ने राईले पहिल्यै बजारमा आइसकेका गितहरुमा स्वर दिदै आएकी छन् । उनले हालसम्म ‘मुटु बनी…’, ‘नाई–नाई…’ लगायत २० भन्दा बढि गितमा स्वर दिइसकेको दाबी गरेकी छन् ।

उनको बुझाइमा गाउनलाई निक्कै मेहनत गर्नुपर्छ । लगानी देखि दैनिक रियाजलाई ध्यान दिनुपर्ने हुन्छ ।

खोटाङको दिक्तेल जन्मथलो भएकी राई काठमाडौं बस्छिन् । उनी सानैदेखि गित संगितमा रुची राख्थिन् । कक्षा ११ पढ्दै गर्दा इन्स्टिच्युटमा गएर ‘म्युजिक क्लास’ लिन थालिन् । गितमा स्वर दिन र सार्वजानिक गर्न थालिन् ।

लाहुरे पारिवारिक पृष्ठभुमी भएकी राईलाई गित संगितमा लाग्न सजिलो थिएन । परिवारले पढाइमा केन्द्रित हुन दबाब दिन्थ्यो । उनी कक्षा ११ र १२ तथा स्नातकमा व्यवस्थापन संकायकी विद्यार्थी भएपनि लुकीछिपि गितसंगितमा लागिन् । उनलाई बुवाको भने साथ थियो । ‘बुवाले गिटार बजाएर गित गाउने गर्नुहुन्थ्यो, मलाई पनि इन्स्पायर गर्नुहुन्थ्यो,’ उनले भनिन् ।

उनले रेकडिङ सुरुको १० बर्ष भैसकेको छ । केही बर्ष नेपाल बाहिर गइन् । चारबर्षयता नेपाल फर्केर गायनमा केन्द्रित भएकी छन् । ‘डाली डाली फुल फुल्यो…’ म्युजिक भिडियोमा लकडाउनकै बेला काम गरेकी हुन् । उनको गितहरुलाई स्रोताले खुबै मन पराउँछन् । परिवारले पनि साथ, सहयोग र हाैसला दिने गरेका छन् ।

उनी यो क्षेत्रमा लाग्नुमा उनको रुची र शोख नै हो । ‘म्युजिक क्लास’ लिने क्रममा गुरु शारदा क्षेत्री र मिलन सिंहले हौसला दिए । उनी विहान कलेज जान्थिन् । दिउसो र साँझ ‘म्युजिक क्लास’ जान्थिन् । गायनलाई निरन्तरता दिने उनको लक्ष्य छ । उनी एकान्तप्रेमी छिन् । महिला गायकमा इन्दिरा जोशी र पुरुष गायकमा वविन प्रधान मन पर्छन् ।