रिलिज भयाे “तिम्रो मेरो सम्बन्ध”

साइपाल खबर संवाददाता

काठमाडाैं । गीतकार बरुण चाम्लिङ्ग राईले पहिलो गीत “तिम्रो मेरो सम्बन्ध” लिएर आएका छन् । किङ स्टुडियोको युट्युब च्यानल मार्फत अक्टाेबर १४ मा रिलिज गरिएको छ ।

यसमा गायक तथा संगीतकार मनोज साङ्सोन राईले स्वर दिएका छन् । भने चर्चित संगीतकर्मी राजु कार्कीले मिक्स एन्ड मास्टरिङ्ग गरेका छन् । रेकडिस्ट सुरेश राईले टेक्निकल सहयोग गरेका छन् ।

यस गीतको म्युजिक भिडियो जस्केलो क्रिएशनले इडिट गरेको छ । उनी सानैदेखि नेपाली साहित्य र संगितमा रुची राख्छन् । गजल तथा गीतहरु लेख्छन् । भोजपुर जिल्ला हतुवगढी ८ पात्लेपानीमा जन्मेर सुनसरीको तरहरामा स्थायी रुपमा बस्ने उनी हाल रोजगारीका लागि कुवेतमा छन् ।