जीमेलमा नयाँ फिचर

काठमाडौँ । जीमेलले पछिल्लो समय नयाँ फिचर थप्ने क्रम जारी राखेको छ ।

अघिल्लो वर्ष मात्रै कम्पनीले जिमेलको डिभाइसमा व्यापक परिवर्तन गरेको थियो । अब जिमेलको एन्ड्रोइड एपमा नयाँ फिचर थप्ने भएको छ ।


यो फिचर अनुसार प्रयोगकर्ताले कुनै इमेललाई पिन गरेर सधैं माथि राख्न सक्छन् । यो फिचर ट्वीटर र फेसबुक पेजमा पनि छ जसमा प्रयोगकर्ताले कुनै पोस्टलाई पिन गरेर सबैभन्दा माथि राख्न सक्छन् । जिमेलले एन्ड्रोइड एपमा यो फिचरको परीक्षण गरिरहेको छ । परीक्षणको क्रममा यो फिचर देखेका एक प्रयोगकर्ताले स्क्रिनसट सार्वजनिक गरेपछि नयाँ फिचरबारेको खबर बाहिरिएको हो ।