‘सिड्नी सपना’काे टिप्पणी

काठमाडौं  । गुन्जन नारी साहित्य संस्थाले उपन्यासकार सानु घिमिरेको ‘सिड्नी सपना’ उपन्यास माथि अन्तर्कृयात्मक गरेकाे छ ।  अनामनगर  स्थित गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठकको सभापतित्वमा भएकाे अन्तरक्रियामा अन्तर्राष्ट्रिय नेपाली साहित्य (अनेसास) का केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, ज्ञाननिष्ट ज्ञवाली, शान्ति रिसाल र सरिता अर्यालले उपन्यासबारे आआफ्नो भनाइ राखेका थिए ।

यसैगरी सर्जकहरु डा. रेणु थापा सोलु, नम्रता शर्मा, सन्ध्या पहाडी, गीता रेग्मीलगायतले उपन्यासकार घिमिरेको उपन्यास “सिड्नी सपना” बारे टिप्पणी गरे । साेही अवसरमा उपन्यासकार घिमिरेलाई गुन्जनको आजीवन सदस्यताको प्रमाणपत्र र मायाको चिनो पनि प्रदान गरिएको थियो । अन्तरक्रियामा जलेश्वरी श्रेष्ठ, बाबा बस्नेत, जयदेव भट्टराई,सीता विष्ट, द्वारिका कुइकेल, सुशीला देउजा, सरु सुवेदी, गङगा सुवेदी, समिना खनाल, पारिजात भण्डारी, कमला रिसाल, अर्जुन थापा लगायतकाे उपस्थिति थियो ।

गुन्जन बाइस बर्ष अघि बाह्र जना महिला साहित्यकारहरुले स्थापना गरेका थिए । यसले साहित्य विधामा गतिविधिहरू सञ्चालन गर्दै अाएकाे छ । अहिले लगभग १०० जना नेपाली महिला साहित्यकारहरु आजीवन सदस्य छन् ।