बझाङमा बिसु पर्वको तयारीमा देउडा र जमघट

सुदुरपश्चिम

काठमाडाैं – सदरमुकाम चैनपुरमा व्यापक प्रहरी परिचालन गरेर लकडाउनको पालना गराइएको छ। तर गाउँ भने अहिले बिसु पर्वको रौनकले गुल्जार छन्। चैत १५ देखि नै प्रत्येक साँझ महिलाहरू जम्मा भएर झिमकेउडा (नयाँ वर्षको स्वागतस्वरूप सामूहिक रूपमा गाइने देउडा खेल) खेलिरहेका छन्।

जिल्ला बाहिर तथा विदेशबाट गाउँ फर्केकाहरू समूहमा बसेर भोजभतेर गर्न थालेका छन्। सबैजसो गाउँमा युवाहरू मिलेर भलिबल, फुटबल र क्रिकेटलगायत खेल र वयष्कहरू तास खेलिरहेका भेटिन्छन्।

अधिकांश जनप्रतिनिधिहरूले स्थानीयले सतर्कता अपनाउन बेवास्ता गरेका कारण लकडाउनको पालना गराउन नसकेको बताउने गरेका छन्।

‘यस्तो बेलामा भिडभाड हुने काम नगरौं भन्दा कसैले मान्दैनन्,’ जयपृथ्वी नगरपालिका–१ का वडाध्यक्ष गगनबहादुर सिंहले भने, ‘एक–दुई जनाले मात्रै अटेर गरेको भए कारबाही गर्न हुन्थ्यो। सबै उस्तै छन्। कसरी रोक्नु?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *