बझाङमा नयाँबर्षकाे अवसरमा मेला, पर्व मनाउन नदिइने

बझाङ सुदुरपश्चिम

बझाङ – सुदुरपश्चिम प्रदेश कोरोना संक्रमणको उच्च जोखिममा रहेको भनिरहदा जिल्लाभित्र आवश्यक सतर्कता अपाउन कुनै कसर बाँकी नराखिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताएका छन् ।

क्राइसिस म्यानेजमेन्ट र सर्वदलिय बैठकले नयाँबर्षको अवसरमा भिडभाड हुने प्रकृतिका मेला, जात्रा, चाँडपर्व, पुजा आराधना जस्ता कार्यक्रम नगर्न/नगराउन जिल्लास्थित सबै स्थानीय तहलाई पुन अनुरोध गर्ने निर्णय गरेको छ ।

‘यहाँ नयाँ बर्षको अवसरमा प्रशस्त मेला पर्व हुने रहेछ, लकडाउन पालना गराउन यसबर्ष पर्व मेला नै नमनाउने गरी सर्वदलिय बैठक भएको छ,’ उनले भने, ‘ठुलो जिल्ला, दुर्गम ठाउँ, कोहीकसैलाई बाहिर निस्किन नदिने गरी आजबाट जिल्लाभर सुरक्षा व्यवस्था गर्दैछौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *