बझाङ– कोरोना भाइरस संक्रमण रोकथाम र व्यवस्थापनका लागि बझाङमा एक गैरसरकारी संस्थाले जिल्ला विपद् व्यवस्थापन समितिलाई राहत स्वास्थ्य सामग्री तथा क्वारेन्टिनमा चाहिने बन्दोबस्तीका सामानहरु दिएको छ ।
जिल्लामा क्रियाशिल प्रगतीशिल युवा समाजले अन्तराष्ट्रिय गैरसरकारी संस्था वल्र्ड भिजनको आर्थिक सहयोगमा हाल सम्मकै ठुलो परिमाणमा सो सामाग्री विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।
हस्तान्तरण गरिएको सामग्रीमा क्वारेन्टिन व्यवस्थापनका लागि प्रयोग हुने पीपी फर्म ९ रोल, त्रिपाल एक सय ८० थान, झुल ९० थान, ब्ल्याङ्केट ९० थान, डोरी ९० रोल र सरसफाईमा प्रयोग हुने ४० वटा डेक्ची रहेका छन । स्वास्थ्यकर्मीहरुका लागि पीपीई ४५ सेट र ज्वरो नाप्ने थर्मल गन ४ सेट समेत जिल्ला विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो ।
जिल्ला प्रसासन कार्यालय पुगेर प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे लगायत विपद व्यवस्थापन समितिका पदाधिकारीहरुको रोहबरमा साम्रगी बुझाएका हुन् ।
सामग्री बुझ्दै विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले क्वारेन्टिन व्यवस्थापनमा समस्या भैरहेको र जिल्ला भरका स्वास्थ्यकर्मीहरुका लागि सुरक्षा सामाग्रिको अभाव रहेको अवस्थामा प्राप्त सामाग्रीले कोरोनाको प्रकोप नियन्त्रण रोकथामको लागि महत्वपुर्ण भुमिका खेल्ने बताए । ‘जिल्ला स्वास्थ्य कार्यालय साथै स्थानीय तहसंग समन्वय गरेर कुन ठाउँमा के सामाग्री आवश्यक छ त्यही अनुसार वितरण गर्छौं ।’ पाण्डेले भने ‘यि सामाग्रीले विपद संग जुध्नका लागि ठुलो सहयोग हुनेछ।’
प्रगतिशिल युवा समाजले यस अघि पनि लकडाउनबाट प्रभावितहरुलाई स्थानिय तह संगको समन्वयमा खाद्य सामग्री, मास्क, सावुन, लगायत दैनिक उपभोग्य सामग्रीहरु वितरण गरेको थियो । यस अघी छबिस पाथीभेरा, केदारस्यु गाउँपालिका र जयपृथ्वी नगरपालिकाका गरिव तथा विपन्न परिवारलाई उक्त सामाग्री वितरण गरिएको संस्थाका संयोजक यज्ञराज जोशीले बताए ।