बडीगाउँमा एक घर एक धारा –साइपाल खबर

बझाङ

भुवन बहादुर सिंह
बझाङ–जिल्लाको तल्कोट गाउँपालिकाको वडा नम्बर छ को बडीगाउँमा घर घरमै खानेपानी धारा पुगे पछि स्थानिय खुशि भएका छन् । स्थानिय बिरजंग जेठारा भन्छन्, गाउँ भन्दा आघा घण्टा टाढा एउटा मात्र ढुङगे धारा भएकाले गाउँका सबै मानिसले एउटै धारामा पानी खानु पर्ने बाध्यता थियो । गाउँका सबै मानिस एकै पटक पानी थाप्न जादाँ घुम्क जम्ुल्या धारा मानिसहरुले भरि भराउ हुन्थ्यो । गाउँलेहरु घन्टौंलाईनमा बस्थे,कहिले कहींले पानीको कारणले गाउँले बिच झगडा हुने बातावण पनि र्सिजना हुन्थ्यो, ९८९ जनाको बडीगाउँको जनसंख्यालाई पानीको प्यास मेटाउन घुम्क जुम्ल्या धारालाई हम्मेहम्मे भई सकेको थियो, अहिले गाउँपालिका र ग्रामिण जलस्रोत ब्यवस्थापन परियोजनाले एक घर एक घाराको अबधारणाले घर घरमा निजी धारा पाउँदा धेरै नै खुशि भएको उनले बताए । जेठाराले भने अब घर घरमा धारा पाईसकेउ पहिला पानी नहुदाँ हरियो सागपात खानको लागि पनि ब्रर्खा कुर्नु पर्दथ्यो, अब तरकारी खेति गर्न सोच बनाएको उनले सुुनाए । घरमा पानीका धारा पाउँदा तरकारी ब्यवसाय गर्न सोच बनाउने बिरजंग जेठारा मात्रै एक्ला छैनन् सोहि गाउँका राजेन्द जेठारा पनि घरमा निजि धारा पाउँदा आफु निकै नै हर्षित भएको बताउन्छन्, पानी मात्र हाम्रो घरमा आएन यो त जिविकोपार्जन गर्न सघाउने एउटा आधार नै घरमा भित्रेको उनले प्रतिकृया दिए । जेठारा भन्छन् पहिला गाउँमा पानीको समस्या हुदा केहि तरकारी ब्यवसाय गर्न सोच बनाउदा पनि पानीको अभावले गर्दा सपनामै सिमित हुन्थ्यो, पानीकै अभावले गर्दा सरसफाईको कमिले समय समयमा सरुवा रोगले सताई रहन्थो अब रोग ब्ययाधिमा पनि कमि आउने र केहि ब्यवसाय गर्न सोच भएका मानिसको लागि पनि यस एक घर एक धारा कार्यक्रमले ठुलो सहयोग पुग्ने उनले बताए । बडीगाउँ खानेपानी तथा सरसफाइ कार्यक्रममा बाल्दै तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर विष्टले भने, गाउँपालिकाले प्रत्येक्ष जनताको जनजिविकालाई माथि उकास्ने खाले योजना ल्याउदै आएको छ, यस एक घर एक निजी धाराबाट यहाँका मानिसले भरपुर फाइदा लिनु पर्न उनले बताए । उनले भने पहिला पानी थिएन कृषि ब्यवसाय गर्न मानिसलाई पानी बाधक बन्दै आएको थियो,बडीगाउँ तरकारी खेतिको लागि गाउँपालिका कै सबै भन्दा बढी सम्भावना भएको गाउँ भएकाले गाउँपालिकाले पहिलो प्राथमितामा राखि एकघर एक निजी धाराको सुरुवात गरेका छ ।, अब यसबाट बडीगाउँवासिले धेरै भन्दा धेरै फाइदा लिइ यसठाउँलाई तरकारीको जन बनाउनु पर्ने अध्यक्ष बिष्टले बताए । त्यस्तै ग्रामिण जलस्रोत ब्यवस्थापन परियोजनाका जिल्ला सल्लाकार बिष्णु पोखरेलले भने परियोजना र गाउँपालिकाले लिएको लक्ष्य र सपना पुरा भएको छ । बडीगाउँवासिलाई हस्तान्तर गरि सकेका छौ , यसबाट फाइदा लिने र दियोरुप दिने काम बडीगाउँवासिकै भएकाले योजनाको मर्मत सम्भारमा पनि उपभोक्ता समिति र बडिगाउँवासिको भएकाले यस तर्फ पनि ध्यान दिनु पर्ने बताए । उनले भने पानीको बहु उपयोग गरि यहाँको भूगोल सुहाृदो हावापानी,माटो सुहाउने ब्यवसया गरि आम्दानीको बढाउन पर्नेमा उनले जोड दिए ।

गाउँपालिकाकै पहिलो र नमुना खानेपानी योजनाको रुपमा १५० परिवारका लागि १५० नै धारा निर्माण गरि घरघरमा पानी वितरण गरिएको हो ।पानीको पुन प्रयोग हुन्छ सहि प्रयोग हुन्छ भन्ने नाराका साथ प्रत्येक घरमा स्वच्छ खाने पानी पुयाई सरसफाइ प्रवदधन र खेती गर्ने, त्यही तरकारी खेतिबाट भएको आम्दानीले पानीको विल तिर्न गरी धारा हस्तान्तर गरिएको ग्रामिण ब्यवस्थापन परियोजना तल्कोटले जनाएको छ ।
नेपाल सरकार,फिनल्यान्ड सरकार,युरोपेली युनियन र गाउँपालिकाको ६७ लाख १९ हजार ९५८ लागत र जनश्रमदान, वस्तुगत सहयोग,निजिधारा खर्च गरी कुल १ करोड १५ लाख ५९ हजार ७२८ रुपैयामा निर्माण गरी हिजो एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । यस कार्यक्रमको प्राविधिक पाटो सहयोगि संस्था सामाजिक विकास केन्द नेपालले लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *