बझाङ– बाजुराको खप्तड छेडेदह गाउँपालिका बुढाबाडाका गिठे बुढाले २५ वर्ष लामो प्रवास पछि जेठ १६ गते मात्रै जन्मभुमी टेकेका थिए । उनि अवको सात दिन पछि घर जाने क्वारेन्टाइनमा १४ दिन कटाएर घर जाने तयारीमा थिए । पुराना दौंतरीहरुस“ग गफिने, नातिनातिना खेलाउने र जिवनका ४० वर्ष विताएको माटोमा पुन रमाउने योजना बुन्दै थिए, उनी । क्वारेन्टाइन बनाएको गाउ“ नजिकैको स्कुलको डिलमा बसेर छोरा अमरलाई भन्थे ‘आउन्या“ शुक्रबार त १४ दिन पुगिझान्या“ हुन । अ“था (अनि) घर बाइझाउ“ला (गैहालांैला) ’ ।
अफसोच ∕ गिठेको जिन्दगीमा त्यो शुक्रबार आउन पाएन । उनि शनिवार विहानै क्वारेन्टाइनबाट सदाका लागि विदा भए । गाउ“कै मष्टा आधारभूत विद्यालय बुढाबाडामा रहेको क्वारेन्टाइनमा छोराको हातबाट दुइ टुक्रा विस्कुट र चिया पिएर उनले अन्तिम सास फेरे । उनको मृत्यू स“गै बुवाको सेवा गर्ने, उनलाई नाती नातीना स“ग खेलेको हेर्ने र सबैको अगाडी आफुलाई बुवाले छोरा भनेर बोलाएको सुन्ने अमरको वर्षाै देखीको सपना पनि मरेको छ ।
२५ वर्ष अघि बुवाले छोडेर जा“दा अमर ६ वर्षका मात्रै थिए । चार छोराछोरी र श्रीमतीको लुगाफाटो जोर्न भनेर कालापहाड छिरेका उनका बुवा आफु गएको दुइ वर्ष मै श्रीमतीको रोपाई गर्ने गह्रामा लडेर मृत्यू भएको खबरले विरक्तीएका थिए । त्यस यता उनि कहिल्यै बुढाबाडा फर्केका थिएनन । खासमा पत्नी वियोगले विक्षिप्त बनेका उनी त्यहा“ जा“दा श्रीमतीको सम्झनाले आफु झन ममार्हत हुने डरले घर फर्किन सकिरहेका थिएनन । आमाबुवाको अनुपस्थितीमा दुइजना दिदिहरुले दुखजिलो गरी हुर्काएका अमरले १० वर्ष अघि मात्रै उनि भारत उत्तराखण्डको चमौली जिल्लाको एउटा होटलमा काम गर्ने गरेको पक्ता लगाएका थिए ।
‘बुवा जिउदै छन भन्ने थाहा पाए पछि म प्रत्येक वर्ष वहा“लाई भेटन जान्थें । घर फर्किन अनुरोध गर्थे’ अमरले बुवालाई घर फर्काउन गरेका अनेकौं प्रयास सम्झिदै भने ‘सुरुका बर्षमा त जान्न भनेर जिद्धी गर्नुहुन्थ्यो । म सालसालै गएर घर जाउ“ भनिरहें । यो पाला मान्नु भयो पनि । बुवालाई गाउ“ त फर्काए“, घर पुर्याउन पाइन’ प्रत्येक वर्ष छोराहरु भेट्न जा“दा लुगाफाटो र खर्च दिएर पठाउने गिठे बुढा आफु भने घर नफर्केने अडानमा थिए ।
अमरकोे लगातारको आग्रह टार्न नसकेर उनि जेठ १० गते भारतको अल्मोडा देखी झुलाघाट तीन दिन पैदलै हिडेर आएका थिए । त्यहा“बाट गाडीमा आएका बाबु छोरा १६ गते देखी गाउ“पालिकाको क्वारेन्टाइनमा बसिरहेका थिए ।
उनमा दम रोगको समस्या थियो । स्कुलमा सुत्न थाले देखी उनको रोग बल्झिन थालेको थियो । सन्चो नभएको भन्दै शुक्रबार सा“झ खाना नखाई सुतेका उनले शनिबार विहान ८ बजे तिर अमरलाई हातमुख धुनका लागि पानी तताउन लगाएका थिए । अमरले पानी हालिदिएर मुख धोइसके उनले चिया र दुइ टुक्रा विस्कुट पनि खाएका थिए । त्यसपछी भिक्तामा अडेस लगाएर बसेका उनको बसेकै अवस्थामा ज्यान गएको अमरले सुनाए ।
‘एकै छिन अगाडी कुरा गर्दै हुनुहुन्थ्यो । चिया विस्कुट खाएको गिलास धुन म बाहिर निस्केको थिए“ । अडेस लगाएकै परान गैसके छ’ । धेरै समय पछि गाउ“ फर्केका उनि गाउ“मै सानो चिया पसल खोलेर बस्ने सोचमा रहेको अमरले बताए । ‘तिम्रो मायाले गाउ“ फर्किहालें । अव यतै सानो होटल खोलेर बस्छु । भारत जान्न भन्नु हुन्थ्यो । सबै छोडेर जानु भयो’ अमरले भने ।
अमरलाई क्वारेन्टाइनमा न्यानो सुत्ने व्यवस्था, स्वास्थ्यकर्मी र स्वास्थ्य सुविधा भैदिएको भए आफुले बाबुलाई गुमाउनु पर्दैन थियो की भन्ने लागेको छ । ‘यहा“ आए पछि जा“च गर्न पनि कोही आएनन । सिमेन्टको चिसो भुईमा सुत्दा झन गाह्रो भएको थियो । हिजै वहा“लाई चेकजा“च गरेर दवाई गर्न पाएको भए बा“च्नु हुन्थ्यो की ?’ उनले भने ।
दमको विरामी रहेका गिठेको विद्यालयको भुईमा सुतेका कारण चिसोलागेर मृत्यू भएका उनका गाउ“ले समेत रहेका खप्तड छेडेदह गाउ“पालिकाका कार्यपालीका सदस्य भिम नेपालीको अनुमान छ । यद्यपी उनको स्वाव संकलन गरेर परिक्षणको लागि प्रादेशिक प्रयोगशाला धनगढीमा पठाईको छ ।
व्यवस्थापन ठिक नभएका कारण मानिसहरुले क्वारेन्टाइनमै ज्यान गुमाइरहेको भए पनि यो भन्दा राम्रो व्यवस्थापन गर्न सम्भव नभएको खप्तड छेडेदह गाउ“पालिकाका अध्यक्ष नर बहादुर राउतको भनाई छ । गाउ“पालिका भरीका २७ वटा क्वारेन्टाइनमा एक हजार भन्दा बढी मानिसहरु रहेकोले उनिहरुको व्यवस्थापन गर्न आफुहरुलाई समस्या भैरहेको बताए । गाउ“पालिका भरीका करिब ७ सात हजार भन्दा बढी मानिसहरु बाहिर रहेको र उनिहरु सबै घर फर्किरहेकोले क्वारेन्टाइन व्यवस्थापनमा सकस भैरहेको उनको भनाई छ ।
यस अघी बाजुराकै बुढीगंगा नगरपालिकाको धुरालसैन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी दुइ वर्षिया बालिकाको जिल्ला अस्पतालको आइसोलेसनमा राखेकै दिन ज्यान गएको थियो । मृत्यू पछि गरिएको परिक्षणमा उनमा कोरोना संक्रमण पुष्टी भएको थियो ।