क्रिप्टाेकरेन्सी खुला गर्ने अर्थमन्त्रीकाे इच्छा

मुख्य खबर

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले क्रिप्टाेकरेन्सी खुला गर्ने इच्छा देखाएका छन् । नेपाल राष्ट्र बैंकले भर्चुअल प्रकारका कुनैपनि मुद्राकाे काराेबार वा माइनिङ प्रतिबन्ध लगाएकाे अवस्थामा अर्थमन्त्री खतिवडाले यस्ताे चाहना अघि सारेका हुन् । ‘हामीले भर्चुअल करेन्सीजस्ताे क्राउड साेर्सिङदेखि क्लाउड साेर्सिङसम्मकाे प्रयाेग गरेर जानु पर्नेछ, यसका लागि हामीले हाम्राे क्षमता बढाउनुपर्छ, बजारमा साक्षरता पनि बढाउनुपर्छ’ अर्थमन्त्री खतिवडाले भने ।

अहिले विश्वमा बिटक्वाइन, इथेरेम जस्ता हजाराैं क्रिप्टाेकरेन्सीहरुकाे प्रचलन छ । नेपालमा ३ वर्षअघिदेखि यस्ता करेन्सीमार्फत् काराेबार र माइनिङ समेत प्रतिबन्ध लगाइरहेकाे छ । भारतमा भने सर्वाेच्च अदालतकाे आदेशपछि ३ महिना अघि मात्रै यस्ताे प्रतिबन्ध हटेकाे छ ।

कार्यक्रममा खतिवडाले हाम्राे पुग्नुपर्ने गन्तव्य त्याे भए पनि अहिले पुँजीबजारमा साक्षरता समेत निकै कम भएकाे भन्दै त्यसमा जाेड दिन आग्रह समेत गरे । ‘हामीले संरचनागत र कानूनी सुधार गर्द‌गर्दा बजारकाे साक्षरता नै पुगेकाे छैन, साक्षरता बढाएर पुँजी परिचालन गर्ने हाे भने पुँजीबजारकाे काराेबार बढेर यहीँ पर्याप्त तरलता थपिन्छ, बाहिरबाट आउन‌ै पर्दैन’ उनले भने ।

खतिवडाले कमाेडिटिज बजारकाे सञ्चालन र नियमनलाई छिटाे अघि बढाउन बाेर्डलाई निर्देशन समेत दिए । वस्तु विनिमय बजार तत्कालकाे लागि सम्भाव्य नभएजस्ताे देखिए पनि दीर्घकालमा याे निकै महत्वपूर्ण रहेकाे उनकाे भनाइ थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *