सेरागडामा सिंचाई कुलो बन्दा किसान हर्षित

बझाङ

भुवनवहादुर सिंह
बझाङ –छविसपाथिभेरा गाउँपालिका वडा नम्बर दुईको मोतै सेरागडा सिचाई कुलो निर्माण  भएको छ । बर्षौ देखि सिंचाईको समस्या भोग्दै आएका यहाँका किसानहरु कुलो बने पछि हर्षित भएका छन ।
जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय बझाङ र प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भएको हो । कुल बाईसलाखको लागतमा बनेको मोतै सेरागडा सिचाई कुलो निर्माण समितिका अध्यक्ष राम बहादुर कठायलत बताए । चैत्र महिनाको पहिलो हप्तामा शुरु भएको निर्माण योजना जेष्ठ मसान्तमा भित्र्रै सम्पन्न हुने अध्यक्ष कठायतले बताए ।
‘राम्रै उब्जनी हुने खेत भए पनि कुलो नहुँदा समयमै खेती लगाउन पाएका थिएनौ’स्थानिय किसान बिरेन्द्ध अयडीले भने, ‘आकासे पानीको भर पर्दा कहिले काँही त साउन भदौमा रोपाई गर्नु पथ्र्यो । ठुलो खडेरी परेको बर्ष खेत बाझै राख्नु पथ्र्यो’ उनले अव पक्की सिंचाई कुलो बने पछि समयमै खेतीपाती गर्न पाइने भएकोले उब्जनी पनि बढ्ने बताए ।
आकासे पानीको भरमा यहाँ खेतिपाति लगाईन्थ्यो राती पानी पर्दा यहाँका मानिस सुत्नछोडेर खेतमा दौडनु पर्ने अवस्था थियो । स्थानिय अन्जु कठायतले भनिन् । सिंचाई नहुदा किसानले मिहेनत गरे जस्तो फाइदा लिन नसकेको बताउदै छविसपाथीभेरा गाउँपालिका वडा नं २ का वडाअध्यक्ष विकास अयडीले अव यो समस्याबाट किसानहरु सधैका लागि मुक्त भएको बताए । ‘वडाको निकै लामो पहल र प्रयास पछि सिंचाई कुलो निर्माण गर्न सफल भएका हौं ’ वडाअध्यक्ष अयडीले भने, ‘कुलो बनिसक्यो यहाँको व्यवसायीक कृषी क्षेत्रको विकासमा ठुलो योगदान पुग्ने गाउँपालिकाको अपेक्षा छ’ उनले अब बाह्रैमास कुलो संचालन हुने भएकाले यहाँ व्यवसायीक रुपमा तरकारी र अन्यबाली खेती गर्नका लागि किसानहरुलाई प्रोत्साहन गरिने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *