बहुविवाहको मुद्धामा फरार अभियुक्त हतियार सहित पक्राउ

बझाङ, ४ असार । जिल्लाको सुर्मा गाँउपालिका वडा नम्बर २ का  २ जनालाई प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको छ । सुर्मा गाँउपालिका वडा नम्बर २ का लोक बहादुर बोहरा र उनकी कान्छि श्रीमति निर्मला विसी लाई गाँउ नजीकैको ओडार बाट एक थान भरुवा भन्दुक सहित प्रक्राउ गरेको हो ।

एक महिना अघि बोहराले गाँउ नजीकैकी निर्मला विसि संग दोस्रो विवाह गरेको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी तथा ईन्स्पेटर नेत्र बहादुर बोहराले बताउनु भयो । बोहराले दोस्रो  विवाह गरेपछि उनकी जेठी श्रीमती रेखा बोहराले जिल्ला  प्रहरी कार्यलय बझाङमा बोहोरा विरुद्ध बहुविवाहको मुद्धा दर्ता गराएको ईस्पेटर बोहराले जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यलयमा मुद्धा दर्ता पछि प्रहरीले बोहराको खोज तलास गरी रहेको थियो । जिल्ला प्रहरी कार्यलयका डीएसपि गणेश बमका अनुसार बोहराको खोजतलास गर्दै जाँदा ईलाका प्रहरी चौकी दौलीचौरको टोलीले विहीबार विहान ४ बजे गाँउ नजीकैको जंगलको आडारमा बास बसी रहेको अवस्थामा फेला पारेको हो ।

भरुवा बन्दुक सहित फेला परेका दुबै जनालाई अहिले थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखीएको उहाँको भनाई छ । अन्तरजातीय विवाह गरेका कारण बोहराले गाँउ फर्कन नसकेर ओडारमा बस्दै आएका हुन सक्ने प्रहरीले आसंका गरेको छ । यस बारे थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।