पहिरोमा पुरिएका दुइको शव भेटिय

मुख्य खबर

भुवनबहादुर सिंह

७ जना अझै बेपक्ता
१८ घर बगायो
बझाङ– शनिबार विहान गएको पहिरोमा पुरिएका दुइ जनाको शव भेटिएको छ । सात जना अझै बेपत्ता छन । १८ घर पुर्ण रुपमा बगाएको र दुइ वटा घरमा क्षती पुगेको स्थानियले बताएका छन । यद्यपी घटना स्थलमा उद्धार टोली अझै पुग्न सकेको छैन ।
शनिवार विहान २ बजे तिर गएको पहिरोले उक्त क्षती भएको हो । पहिरोमा बेपक्ता भएको आसंका गरिएका २८ जना गाउ“लेको सम्पर्कमा आएको घटनास्थलमा रहेका स्थानिय लोकेन्द्र विकले बताए । अहिले स्थानियले पहिरोमा परि बेपक्ता भएकाहरुको खोजी गरिरहेको उनले जानकारी दिए । यो गाउ“मा ४० परिवारको बसोवास रहेको छ ।
पहिरो गएको गाउ“मा उद्धार टोली विहानै गएको भए पनि पुग्न सकेको छैन । जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र ससस्त्र प्रहरीको टोली तथा कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली घटनास्थल पुग्न प्रयासरत रहेको प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डे बताए ।
मल्लेसी जाने बाटो खोलैखोला भएर जानु पर्ने र माथीबाट पहिरो खसिरहेका कारण उद्धार टोली त्यहा“ पुग्न नसकेको हो । पहिरोले त्यो गाउ“ जाने बाटो समेत बगाएकोले बाटो बनाएर घटनास्थल जाने प्रयास गरिरहेको डिएसपी गणेश बमले जानकारी दिएका छन । यद्यपी त्यहा“ उद्धार टोली पुग्नका लागि अझै समय लाग्न सक्ने उनले बताए ।
घटना स्थलमा पठाउनका लागि हेलिकप्टर तयारी अवस्थामा रहेको तर त्यहा“ हेलिकप्टर आवश्यक भए नभएको एकीन गरे पछी मात्रै उडनका लागि अनुरोध गरिने प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *