उर्लदो सेतीमा दाउरा खोजी [फाेटाे र भिडियाे सहित]

बझाङ समाचार सुदुरपश्चिम

भुवनबहादुर सिंह
बझाङ – सेती नदीमा भेल बाढीले बगाएर ल्याएका दाउरा उतार्ने क्रममा बझाङका थुप्रैले ज्यान गुमाइसके । उर्लदो भेलमा दाउरा उर्तानु अत्यन्तै जोखिम पुर्ण काम भएकाले यसो नगर्नका लागी जिल्ला प्रशाशन कार्यालयले स्थानीयहरुसँग अनुरोध पनि गर्दै आएको छ । तर जव सेतीा भेल बाढी उर्लन्छ । ज्यानको पर्वाह नगरी दाउरा उर्तान सदरमुकाम चैनपुरबासीको भिड पनि सेती किनारमा जम्मा हुन्छ ।

एक हप्ता देखी लगातार बर्षा हुन थाले पछि सेती नदीको सतह निकै बढेको छ । सेती नदीमा बाढीसँगै उपल्लो तटिय क्षेत्रबाट काठ, दाउरा बगेर आउन थाले पछि दिनमा मात्रै होइन रातभर सेतीको किनारमा जाग्राम वसेर दाउरा उतार्न तछाडमछाड गर्नेहरुको भिड लाग्छ । यहाँका स्थानियहरु कोही उतारेको दाउरा बेचेर खर्च चलाउछन् । कोही होटल तथा घरमा प्रयोग गर्न ३/४ महिनाको लागि दाउराको जोहो गर्छन ।

तर यसरी दाउरा उतार्न जानेहरु मध्य प्रत्येक वर्ष १ देखी ३ जनासम्म सेतीमै हेलिएर अकालमा ज्यान गुमाउँछन् । ६ वर्र्ष यता को तथ्याङ्क हेर्ने हो भने सेती नदीमा दाउरा उतार्ने क्रममा एक दर्जन बढीले ज्यान गुमाइ सकेका छन् ।

 

दाउरा उतार्ने क्रममा सेती नदीमा लागेको चैनपुरबासीको भिड । तस्विर : भुवनबहादुर सिंह ।

‘ज्यानको माया त कसलाई हुदैन र ?’ दाउरा उतार्नेहरुको भिडमा तछाड मछाड गरिरहेका होटल व्यवसायी अर्थजङ्ग शाहीले भने ‘भेल आएको बेला दाउरा छोपिएन भने एक डेढ लाख घाटा हुन्छ ।’ प्रत्येक वर्ष सेतीबाट दुइ लाख भन्दा बढी मुल्यको दाउरा उतार्दैै आएको बताउदै भने ‘बजारमा किन्यो भने एक भारीको ४/५ सय पर्छ, यहाँ दिनकै १५/२० भारी दाउरा सितैमा उर्ताछौ ।’

ज्यानको जोखिम भए पनि दाउराको लोभले राती निद्रा नै नपर्ने गरेको सुनिल नेपाली बताउँछन् । ‘ठुलो झरी परेको दिन त निदै्र लाग्दैन,’ उनले भने ‘बजार भरीका मान्छे सेती कै किनारमा हुने भएकोले राती पनि खासै डर लाग्दैन ।’

 

दाउरा उतार्ने क्रममा सेती नदीमा लागेको चैनपुरबासीको भिड । तस्विर : भुवनबहादुर सिंह ।

दाउरा उर्तादा चिसा र चिप्ला ढुङ्गामा चिप्लेर सेतीमा खस्ने, दाउराको मुढाले तानेर भेलमा फाल्ने र छालले हुत्याएर बगाउन सक्ने जस्ता खतरा हुने गरेको चैनपुरकी सन्ध्या रसाइलीले बताइन् । तिन वर्ष पहिला उनका छिमेकी शिबु दमाई राती दाउरा उतार्ने क्रममा ढुङ्गाबाट चिप्लीएर सेतीमा खसेका थिए ।

स–साना केटाकेटी देखी बृद्धबृद्धा सम्म दाउरा उतार्न जाने भएकोले उनीहरुलाई बढी जोखिम हुने गरेको उनले बताइन् । दाउरा उतार्दा राती नजान, उज्यालोमा पनि नचिप्लीने र छालले हुत्याउन नसक्ने ठाँउमा आड लागेर उतार्दा सुरक्षित हुने उनको सुझाव छ ।

यता प्रत्येक वर्ष दाउरा उतार्दा स्थानीयले ज्यान गुमाउन थालेपछि जिल्ला प्रहरी कार्यालयले पनि दाउराको लागी ज्यानको जोखिम नमोल्न सम्झाई बुझाई गर्न प्रहरीहरु परिचालन गर्दै आएको छ । स्थानियले महिनौसम्मका लागि दाउरा जोहो गर्न, खर्च जुटाउन प्रहरीलाई नसुने झै गर्छन् । उनीहरु हरेक बर्खामास सेतीमा दाउरा उतारिरहन्छन् ।

https://www.facebook.com/saipalkhabar/videos/274926880262104/

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *