भुवनेश्वर उपाध्याय ।
मानव जातीको सभ्यताको पहिलो धरोहरको रुपमा संसारको अगाडी आफ्नो इतिहास र गौरव एवं चिन्तनका कारण विश्वमा नै सम्मानित सँस्कृत भाषा वाङ्मय जुन भाषा संस्कृत शिक्षा परम्परा श्रवण मनन् र ब्याख्या प्रदर्शन छलफल आदिका माध्यमबाट शिक्षण हुने भयो भने बिद्यार्थीहरुको चारित्रीक गतिबिधी सामूहिक परिक्षण धर्म र दर्शनका बारेमा छलफल र वहस तथा आदि ग्रन्थको साशांस विधिद्वारा विद्वानहरुको बिचमा स्वर्ण परीक्षा गराएर आफूले आर्जन गरेको ज्ञान, शिप, शिल, स्वभाव र आदर्श विधिले सन्तोष गराउन सकेमा उनिहरु विधामा (संकाय) कहलाउने त्यस समयको आष्टकलसले स्नान गराउन्थ्यो । त्यसपछि स्नात्तकको उपाधि प्रदान गर्न परम्पराकै रुपमा अहिले दिक्षान्त समारोह गरिन्छ ।
त्यस बेला बैदिक शिक्षामा ब्राह्मणहरुलाई बैद्धिक संहिता बेद, बेदाङ्ग, दर्शन नीतिशास्त्र, ज्योतिष, आयुर्वेद, मिमांसा, व्याकरण, न्याय, स्मृति, खगोल बिज्ञान आदिका विषयहरु अध्ययन गराइन्थ्यो । जस्तै कर्म काण्डको ज्ञान, शिप हासिल गराउने कार्यका अतिरिक्त प्रणायम् तथा ब्यायाम आदिको पनि अभ्यास गराइन्थ्यो । त्यसबेला धनुषवाण जस्ता सास्त्र संचालनका साथै राजनीति, अर्थनीति, दण्डनीति जस्ता विषयमा पनि ज्ञान दिईन्थ्यो । छन्द्धहरुमा बेदका ऋचाहरुमा विज्ञानको झझल्को पाइन्छ । बेद शब्दको अर्थ विज्ञान हो, यसमा कतै शुत्रवद्धहरुमा कतै विस्कृत रुपमा ज्ञान, विज्ञान, वस्तु, रोग, अर्थ भूगोल, खगोल, इतिहास, कला, तिनी वस्तुकला चित्रकला आदिको ब्यापक व्याख्या गरेको पाइन्छ । यसै कारण पनि बैद्धिक शिक्षामा चारै युगको झझल्को पाइन्छ ।
वास्तवमा बौद्धिक मान्यता अनुसार समाजवाद भनेको काम र गाँस, वास, शिक्षा स्वतन्त्रता हुनुपर्छ भन्ने मान्यता ऋग्वेदका ऋचाहरुमा भेटिन्छ । जसमा एकताको भावना बाटो घाटो सर्वत्र हुनु पर्दछ । भावनाका साथै दुष्ट दुर्जनहरुवाट समाजको रक्षा हुनुपर्छ । यहि नै मुलमन्त्रको आशय भेटिन्छ । यसै गरी ऋग्वेदका अन्य ऋचाहरुमा राष्ट्रिय गीतको ब्याख्या गरेको पाइन्छ ।
जस्तै ः“मधुवात ऋतायते मधु रक्षायन्ती घिन्मताम् माध्यविनी सन्तोपधि मधुनक्त मुतोव सोमधुमत पार्थिवम् प्रजाक्षा मधु धौरस्तुन, पिता मधु मान्नो वस्पति मधुमाडस्तु सुर्यमाह विमतो भवन्तुन”।राष्ट्रमा हावा मधुर शितल भएर चलोस प्रकृतिवाट प्रेम भएर खोलानाला नदीहरु पनि शितल रहितकारी जलप्रवाह लिएर बगुन औषधी भनेको धान, कोदो, आदि देखि लिएर सबै ओखती पृथ्वीमा फर्काउन (उम्रिउन) र किलिकिलि भएर वितोस् विहानी पख आमा जस्तै–युवतयो युवानम युवाह युवन्या क्षेतियो निस भद्रा बधु भवती यत शुपेसा स्वयम् शामित्रम् बनुते ज्ञत्ते चित् आथोत्त–युवतीहरु युवासँग विवाह गर्दछन् । युवाहरु युवतीहरुसँग संभोग गर्छन् ।
सुन्दर बस्त्र पहिरीएका भद्र युवतीहरु स्वइच्छाले जीवन साथी रोज्दछन्् । युवती भई कलकलाउदो आन्नदमा डुब्न सक्ने जवान छोरीहरुको बाबु आमाले विवाह गरि दिनु पर्ने कुरा ऋग्वेदमा विवाह शुक्तमा उल्लेख गरिएको पाईन्छ । उक्त समयमा विज्ञान सम्बन्धी विकास भएको पाईन्छ । त्यस बेला (विशपल्ला) नामकी युततीको तिघ्रा भाचिएकोमा फलामे तिघ्रा लगाएर हिड्न सक्ने बनाएको पाईन्छ । अर्को शुक्तमा इशावास्यम् इदम सर्बम यत उक्त शुत्रले भन्छ । पृथ्वीका जति जिवहरु छन् । मान्छ््ेहरु छन् । सबै बराबर हुन् । त्यसकारण कसैको धनमा लोभ नगर्नु भन्ने महत्वपूर्ण बाणीहरु इतिहासको रुपमा पाइन्छन्, र बैद्धिक समाजमा महिलाहरुको सम्मान उच्च रहेको पाईन्छ । अहिलेको रुढीबाढी समाजले महिलाहरुले बेदहरु पढ्नु हुन्न पुराणहरु पढ्न हुन्न भन्ने मान्यता हाम्रा समाजमा रहेको छ ।
बैद्धिक युगमा गएर जस्ता बिदुषीहरु बैदिकालमा वेद अध्ययन गरी शास्त्रहरुबाट निपूर्ण भई विदुषी भई प्राणीहरुलाई रक्षा सँगै आकाश पिता बुवा पनि मधुर समय पानी बर्षाएर कल्याणकारीहरु जंगली रुख घाँसपात सबै मधुर होस् । जगत पिता सुर्य पनि मधुर र कल्याणकारी होस् । पालेका गाई पनि मधुर मिठो दिउन् । जस्ता मधुर भावनात्मक देश भक्तिपूर्ण शब्दले भरिका राष्ट्रिय गीतहरुले वेदका ऋचाहरुमा सुुुसेली खेलेको देखिन्छ । यस्तै गरेर अथक बेदका विभिन्न ऋचाहरुमा पनि झारफुक, ओखती, झारण मोहन उच्चाटन, सिउने बुुन्ने आदि देखि लिएर राष्ट्रको हित आदिको बर्णन गरेको पाइन्छ । त्यसैले बैदिक साहित्य संसारको गौरवशली साहित्य हो ।
बेदका केहि शुक्तहरुमा विवाहको चर्चा पनि गरेको पाइन्छ । जसमा ऋग्वेदका विवाह शुक्तमा स्रोह बर्ष पुरा भएको युवतीले कम्तीमा पनि २१ बर्षे युवासँग मात्र गर्भाधान गर्न सक्छिन् र त्यसै गरी अर्का ऋचामा १६ बर्ष पुरा भएको कन्याको रज प्रजनाङ्ग र पाठेघर समेत पूर्ण रुपमा गर्भाधान योग्य भएको हुदैनन् भनि उल्लेख गरेको पाइन्छ । त्यसै गरी आर्युवेदका सबै ऋचाहरुमा १७÷१८ बर्ष नभई नारीले सम्भोगमा सम्मीलित भएमा आमा र भावी जन्मने शिशुको स्वास्थ्य राम्रो हुन्न भन्ने बैज्ञानिक तर्क प्रस्तुत गरेका छन् ।
वेदको अध्ययन सकेपछि सन्यास लिने महिलाहरुलाई व्राह्मणवादीनी भनिएको पाईन्छ । भने वेदको अध्ययन गरी गृह आश्रम प्रवेश गर्ने महिलालाई वैदिक युगमा यसोवधु भनेर चिनिन्छ । तर वर्तमान रुढीबादी समयअनुसार महिलाहरुलाई दोस्रो दर्जाको मान्यता र सामाजिक अपहेलना गरेको पाइन्छ । बैदिककाल र पूर्व बैदिक र पछिल्लो बैदिक कालमा प्रसस्त महिलाहरु देवताको रुपमा पाइन्छन् । महाभारत कालमा आईसके पछि द्रोपति, कुन्ती र रामायणलमा सीता आदिलाई पनि देवताको रुपमा हाम्रो समाजले मानेको पाइन्छ । त्यस्तै गरेर पुराणहरुमा कुन्ती द्रोपतीहरु आदिका कैयौ विवाहहरु र रामायाणकालमा दाजु मरेपछि भाउजु सँगको विवाहको दृष्टान्त गरेको पाइन्छ । जस्तै रामायणको भाई र वलीको भाई पत्नीहरुको दृष्टान्त कथा इतिहासको रुपमा पाइन्छ । जस्तै यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवताम् त्रत्रै नार्यस्तु पुज्यन्ते सर्वत त्राफला क्रिया जहाँ नारीहरुको पुजा हुन्छ, आदर हुन्छ त्यहाँ देवता रमाउन्छन् । जहाँ नारीहरुको तिरस्कार र अनादर हन्छ त्यहाँ सम्पूर्ण उपायहरु निश्फल हुन्छन् ।
“प्रजनार्थम महा भाग पुजाहाय गृहादिक्य स्त्रीय श्रीयस्त गहैसु नविसस्वस्ती कस्य उक्तस्य श्रृष्टी संचालनमा सन्तान उत्पतिको सामान्य भएको हुनाले नारीहरु भाग्यवती छन् र तिनिहरु पुजाका पात्र हुन्, र तिनिहरु घरका कान्ति हुन् । जसरी घर सम्पती नभएको घर सुसोभित हुदैन त्यस्तै नै नारी नभएको घर मानिन्छ । यो नै हाम्रो बैदिक मान्यता हो । अहिले हाम्रो समाजमा बैदिक धर्म शास्त्रहरुले नियम लगाउने गरेका छन् । वास्तवमा त्यो रुढीबादी त्यो पछ्यौटेपनको उपज मात्र हो । त्यस्ता खालका अल्पज्ञानी पण्डाहरुले समाजमा गरेको भ्रमको खेतिमात्र हो । त्यस्ता महासयहरुलाई बैदिकशास्त्रहरुको चिराचिरा गरी अध्ययन र विश्लेषण गरी समाजलाई इतिहासका महाग्रन्थहरुको गलत ढङ्गले प्रचार नगरी तथ्य र सत्यको आधारमा समाजलाई हाम्रा अध्ययन ऋषिमुनिहरुको बौज्ञानिक सोच र चिन्तनको आधारमा ग्रन्थहरुको ब्याख्या र विश्लेषण गर्नु पर्छ । वास्तवमा आध्य धार्मिक ग्रन्थको रुपमा मात्र होइन मानव जातिको पहिलो किरण पुञ्जको रुपमा पनि हेर्नपर्छ ।
हामीले दृष्टिलोचक मात्र नभई विश्लेषण परिक्षा नगरेर त्यसलाई केवल सिमित जातीको भाषा सिमित जातीको उपयोगको साधन हो । भनिन्छ वास्तवमा ऋग्वेद संसारको पहिलो कविता हो । पहिलो छन्द हो । पहिलो ऋचा हो । त्यस अवस्थामा स्ांसार भर पुस्तकको रचाना भएको थिएन । पाश्चात्य क्षेत्रमा इलियट र ओडिसी र होमरका पुस्तकहरु र रामायण र माहाभारत कालमा देखिएका छन् । वास्तवमा संस्कृत भाषा विश्वको समृद्ध भाषा हो । यसको अस्तित्व लगभग इसा पूर्व ४५० बर्ष देखि कायम रहेको ऐतिहासिक प्रमाण उपलब्ध छ । विश्वका आदिम भाषाहरु मध्ये सँस्कृत, ग्रिक, ल्याटीन आदि भाषाहरु संसारकै बृहत भाषा परिवार र भारोपेली भाषा परिवारका समृद्ध भाषा हुन् । यिनमा पनि सँस्कृत भाषा सबै भन्दा समृद्ध र जेठो भाषा हो भन्ने कुरा पाश्चात्यका महान विद्वान म्याक्समुलरले समेत उल्लेख गरेका छन् ।
त्यस्तै गरेर सँस्कृत भाषाको प्रशंसा गर्ने क्रममा इसा पूर्व १७९८मा जोन्सद्धार महाकवि कालिदासको साकुन्तोला नाटक अंग्रेजीमा अनुवादित गर्नु भएको छ । त्यसै गरि १७९१ मा जर्जफास्टरले जर्मनी भाषामा प्रकाशित गराएर जोन्सले रधुवंश मनुस्मृती, अंग्रेजी भाषामा अनुवाद गराए । त्यसपछि मेक्समुलरले ऋग्वेदलाई अंग्रेजी भाषामा अनुवाद गराए । त्यस्तै लुटपिल, लेवि हर्मन जस्ता अनेकौ पाश्चात्य विद्वानहरुले सँस्कृत वाङ्गमयको अंग्रेजी र जर्मन आदि भाषामा अनुवाद गरेर सँस्कृत भाषाको गरिमालाई विश्वभरी प्रचारमा ल्याउने कार्य गरे । पछि गएर जैन र बौद्ध धर्मका अनुयायीहरुको कतिपय धार्मिक तथा दार्शनिक ग्रन्थहरुको रचना सँस्कृत भाषामा गरेको पाइन्छ । नेपालमा हुदै जादा लिच्छवीकाल सम्ममा सँस्कृत भाषा राज भाषाको रुपमा सम्मानित थियो । तत्कालिन राजा मान्देव अंशुवर्मा सँस्कृत भाषामा नै शिलालेख ताम्रपात्र आदि लेखेको पाइन्छ । त्यसैले भाषाको दृष्टिकोणमा सँस्कृत भाषा भाषा विज्ञानको खानी हो ।
ऋग्वेद पनि भाषा विज्ञानको जननी हो । प्रत्येक मन्त्रहरुमा पढानी शब्द सुगन्त निगन्त शब्दको प्रयोग पाइन्छ । संसारको सबै भाषा मध्य उच्चारण अनि पूर्ण श्वर, स्वर वर्ण विस्तृप्त बैकिक भाषा मात्र पाइन्छ । जस्तै विश्वको प्रमुख भाषाहरुको उच्चारण हेर्दा चिनी भाषाको उच्चारण २०४ सँस्कृत भाषाको उच्चारण ४७, रुसी भाषाको उच्चारण ३५, फारसी भाषाको उच्चारण ३१, र तुर्की र अरवी भाषाको उच्चारण २८, र अंग्रेजी भाषाको उच्चारण २६ मा देखिन्छ ।
त्यसकारण वेद बैदिक भाषा आर्यहरुको ग्रन्थमा नभएर संसारकै मानव जातीको पहिलो पुस्तकको रुपमा संसारको अगाडी स्तम्भ भएर उभिएको छ । यसै सन्र्दभमा पाश्चात्यका महान विद्वान जर्मन दार्शनिक विलटर निटजका यहि हामी आफ्नो साँस्कूतिको प्रारम्मिक समयको अवस्था जान्न चाहान्छौ भन्ने भारतिय महादिपमा जानुपर्छ । जहाँ आर्य जातीको सबभन्दा पुरानो बैदिक स्वर्ण साहित्य सुरक्षित छ । उतm सन्दर्भमा सँस्कृत साहित्यका इतिहासकार बाचस्पती निरौलाले भन्नु भएको छ । आर्यहरुको बेद कुरान जस्तो एक मात्र धर्म पुस्तक होइन । नत बाइवल जस्तो अनेक नत वाइवल जस्तो अनेक बाणीको संग्रह हो । यो त मानव जातीको पहिलो साहित्य हो । त्यसमा बर्ग जाती र छुवाछुतको बारेमा अन्तरजातिय विवाह पाइन्छ । जस्तै आर्य र अनआर्यको विबाह पाइन्छ । अनआर्यले छुएको पानी नचल्ने कुरा पनि छैन । विधुवाले पनि नंपुसक भए बेपता भएको अवस्थामा पुन विवाह हुन सक्ने अवस्थाको ग्यारेन्टि गरेको छ ।
त्यस बेला सती प्रथाको चलन छैन । र भारतका बैदिक ग्रन्थका ग्याता दयानन्द सरस्वतीले पनि ऋग्वेद साहित्यमा पनि पति मरे वा कतै हराएमा पुन अर्काे विवाह गर्न पूर्ण स्वतन्त्रता छ । बर्तमान अवस्थामा हाम्रो समाजले पतिको मृत्यु भई विधुवा भयो भने पुन विवाह गर्न पाउँनु पर्छ भन्ने आवाज फाटफुट उठिरहेको छ । अहिलेको वर्तमान युग भन्दा पहिलेको बैद्धिक युग क्रान्तिकारी, गतिशिल र पारदर्शी भएको स्पष्ट देखिन्छ । सती प्रथाको चलन ऋग्वेदकालमा थिएन । पौराणिक कालमा आएर मात्र एक जना श्रीफमोद सतिगएको दृष्टान्त पौराणिक कथाहरुमा उल्लेख छ । त्यसै गरी संसार वा प्रकृति चलाउने विधिकी निर्माता पृथ्वीमाता कुसाकालकी देवि महाकाली र महालक्ष्मी दुर्गा सरस्वतीहरु जस्तै पुरुष देवता अग्नि, सूर्य, बायु, बरुण, भेदभाव रहित स्वतन्त्र देवी देवताको रुपमा स्थापित छन् ।
बैदिककालमा प्रकृति र अमृत जलधारणको प्रार्थना गरेको देखिन्छ । मुर्ति पुजा कतै उल्लेख छैन । रामायण, महाभारत, पुराणकालमा आएर देविहरु मध्य पनि महाकाली , महालक्ष्मी ,सरस्वती स्वतन्त्र रुपले देवि शक्ति युक्त देखिन्छन् । यसरी वेदलाई धार्मिक ग्रन्थको दृष्टिकोणले मात्र नहेरेर भाषा पुञ्जको रुपमा र महासागरझै गर्व साथ अटल छ । त्यस कारण पनि वेद पहिलो साहित्य हो । त्यसलाई कृति पनि भनिन्छ । त्यसवेलाका अंग्रेज विद्वान ऋपिलको कानकानबाट अघि बढेको परम्परा भएकोले यसलाई साहित्यकारहरुले लोक साहित्य पनि भनेको पाइन्छ र छन्दबद्ध भएको यसलाई छन्द वा कविता पनि भनिन्छ । त्यसकारण विश्वमा पुजनिय छ सम्मानित छ । युगको दर्पणको रुपमा छ र सिंङ्गै सभ्यता इतिहासको रुपमा छ । इतिहासको मार्ग तयार गरेको छ र यसको खोज अनुसन्धान पूर्वीय विद्धानहरुले नगरेर पाश्चात्यका विद्धानहरुले गरेका छन् । जुन हामीले वेद विरोधी पुराण विरोधी नास्ती भन्ने गर्छौ । तर पूर्वीय विद्धानहरु पाश्चात्य विज्ञहरुको पछि पछि हिडेको पाइन्छ । बेद जस्तो महान ग्रन्थ र महाभारत जस्तो संसारको सब भन्दा ठुलो महान पुस्तक हाम्रो पूर्वाीयहरुको मात्र साझा हो ।
त्यसमा पनि ब्राह्मण र क्षेत्रीको मात्र पेवा सम्पती हो, भन्ने घृणीत मानसिकताले पिरोलिएको छ, र आज भारत नेपालमा अप्राप्त भएको भाषाका विसाल ठेलीहरु जर्मन आदि मुलुकहरुका ठुला ठुला पुस्तकालयमा सुरक्षित सम्मानित छन् । के पाश्चात्यका विद्धानहरु विद्धानहरु अन्धभक्त भएर सँस्कृतका रक्षा गर्न लागेका छन् । कदापी होइन । उनिहरु संसारलाई पाठ सिकाउने संसारकै सबै भन्दा जेठो भाषा सँस्कृतको (१) खाजी (२) अध्ययन अनुसन्धान गरिरहेका छन् । त्यस सन्र्दभमा प्रसिद्ध प्राश्चात दार्शनिक विलट युरोले लेखेका छन् ।
सँस्कृत भाषा समस्त युरोपिय भाषाको जननी हो । भनेर प्रशंसा गरेका छन् । सँस्कृत भाषा कसैको पेवा नभएर सिङ्गो समाजलाई मार्ग दर्शन गर्न उखान टुक्काहरुले भरिएको छ । जस्तै उतिष्ठन, जागृत, प्राप्पे, तरान निर्वाधन जस्ता वाक्यहरुले क्रान्तिकारी प्रेरणा कुटनीति कुसल चाणक्य थुनक्षेक गर्नको सट्टा सहि तरिकाले सुमार्गरुपी कुलो खनि सिन्चित गर्दा राष्ट्र सेवामा समर्पित कर्णधार सपुतहरुलाई देश उन्नतीमा लगोस् भन्ने प्रेरणा दिएको छ । सँस्कृतको शब्द भण्डार अक्षर अनन्त भएकाले प्रत्येक शब्दमा पछाडीएको बर्तमान इतिहास छ । वेद साहित्त त्यो मुल स्रो हो । जहाँ बाट हजारौ हजार अनगिन्ती प्रसारणहरुको विकास र समर्थन भएको छ । चाहे त्यो विज्ञानको क्षेत्र होस् वा कलाकौसल क्षेत्र होस् ।अस्त्र सस्त्रहको क्षेत्र होस् । पारागमन समृद्धि जहाज र पुष्प विमानहरुको क्षेत्र होस् । चाहे देश प्रेमिको ओतप्रेत होस् । चाहे त्यो खोज अनुसन्धानको क्षेत्र होस् । सबै क्षेत्रको मुहान वेदन हो । सबै मानवजातीको मार्गदर्शन ग्रन्थ वेद नै हो ।