कोराेनाको जोखीमका बीच घरघरमा पुगेर स्वास्थ्य सेवा दिदै बझाङ थलाराका स्वास्थ्यकर्मी

स्वास्थ्य / जीवन शैली

भुवनबहादुर सिंह 

बझाङ — लकडाउनको समयमा बझाङको थलारा गाउँपालिकाका स्वास्थ्यकर्मीहरु घरघर गएर स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । फागुन १५ यता भारतबाट आएकाहरुलाई सेल्फ क्वारेन्टाइनमा राखेर चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।
थलारा गाउँपालिकाका भित्रका ९ वटा स्वास्थ्य संस्थाहरुले नियमित रुपमा स्वास्थ्य संस्थाबाट नै स्वास्थ्य सेवा दिइरहेका छन् । स्वास्थ्य संस्थामा आउन नसक्ने बिरामीहरुलाई चिकित्सकको टोली घरमा नै पुगेर स्वास्थ्य सेवा दिने गरेको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । ‘त्यस्ता बिरामीलाई औषधि पनि निशुल्क रुपमा दिने गरेका छौं ।’ उनले भने ।उक्त गाउँपालिका स्वास्थ्य संस्थाहरुले लकडाउनको समयमा २१ सय जनालाई स्वास्थ्य सेवा दिएको बताए । १ सय ७५ जना बिरामीलाई घरमा नै पुगेर चिकित्सकले सेवा दिएका छन् ।

विभिन्न काममा विदेश गएका फागुन १५ गते पछि गाउँ आएकाको संख्या १ हजार ७ सय ५० रहेका छ । उनीहरु सेल्फ क्वारेन्टाइनमा छन् । थलारा गाउँपालिकाले प्रत्येक वडामा पाँच बेडको क्वारेन्टाइन तयार पारिसकेको छ, गाउँपालिका भरि ४५ बेडको क्वारेन्टाइन तयार पारिएको स्वास्थ्य संयोजक पदम ओलीले जानकारी दिए । गाउँपालिका फर्केका १४८७ जनाको आर.डि.टी २८६ जनाको स्वाव परिक्षण गरिएको संयोजक ओलीले बताएका छन् ।गाउँपालिका भरि कोरोना संक्रमितको संख्या १६ रहेको उनले बताए । अहिले सबै जना सक्रमित निको भएर घर गई सकेको छन्,अहिले उनहरु सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । थलारा गाउँपालिकाले यो भन्दा पहिला जेष्ठनागरिकलाई घर,घरमा स्वास्थ्य कार्यक्रम संचालनमा ल्याई घर घरमा गई बृद्ध बृद्धको स्वास्थ्य परिक्षण गर्न गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *