प्रहरीमा पनि देखियो कोरोना

बझाङमा कार्यरत ए‍क प्रहरीमा पनि कोरोना  देखिएको छ । संक्रमित इलाका प्रहरी कार्यालय दुर्गाथलीमा कार्यरत २९ वर्षीय प्रहरी जवान  रहेको जनाइएको छ । उनको घर भने दार्चुला रहेको प्रहरी निरिक्षक नेत्र बोहरोले बताए । उनका अनुसार उनी सुत्केरी विदामा घर गएर १६ भदाै मात्रै ड्युटीमा फर्किएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय बझाङको आइसोलेसमा राख्ने तयारी भइरहेको छ ।

दुर्गाथली गाउँपालिकामा पछिल्लो समय सबैभन्दा बढी संक्रमित भेटिएका थिए । योसँगै बझाङमा कोरोना संक्रमितको कुल संख्या ४ सय ३६ पुगेको छ । जसमध्ये ३ सय ६२ जना निको भएर घर फर्किसकेका छन् । यहाँ ७४ जना सक्रिय संक्रमित रहेका छन् ।