नेपाल स्वयंसेवक संघको बझाङ जिल्ला अध्यक्षमा खड्का

बझाङ -नेपाल स्वयंसेवक संघको बझाङ जिल्ला कमिटीमा रियास खड्का चयन भएका छन । नेपाल स्वयंसेवक संघको केन्द्र प्रदेश हुँदै जिल्ला स्तरमा कमिटी बिस्तार भई रहेको छ ।बझाङ जिल्लामा १३ जनाको कार्यसमिती गठन गरिएको छ । समितिको उपाध्यक्षमा अशोक रावल, सचिवमा पुष्कर दौल्याल, सह सचिवमा पदम वि सि, कोषाध्यक्षमा समिक्षा बिष्ट, प्रवक्तामा धर्म जप्रेल र ईन्चार्जमा नरेश कुवर लगाएत अन्य सदस्य सहित कार्यसमिति गठन भएको अध्यक्ष खड्काले बताए ।