बझाङमा एक बालिका मृत फेला : बलत्कारपछि हत्याको आशंका

बझाङ-मष्टा गाउँपालिका वडा नम्बर २ खिकालाकी १२ बर्षिया बालिका मृत्त अवस्थामा फेला परेकी छन् । बालिका बुधबार विहान गाउँको नजिकैको जंगलमा बाख्रा चराउन गएकी थिइन् ,साझ अबेर सम्म घर नफर्क पछि घर परिवार खोजीमा जादा राती ८ बजे तिर गाउँको ननिकै रहेको सिम मन्दिर नजिकै मृत्त अवस्था फेला पारेको  स्थानिय राजेश खड्काले जानकारी दिए । बालिका आमा बुवा रोजगारी सिलशिलामा भारतमा रहेका छन् । बालिबा आफ्ना हजुर बुवा हजुर आमा सँग गाउँमै बस्दै आएका थिइन्  । स्थानिय खडुकाका अनुसार यो घटना मृत्यु नभई बलत्कार पछि हत्या हुन सक्ने उनले बताए । घटनाको बारेका अनुन्धान भई रहेको र पोष्मार्टमको लागि बालिको शव जिल्ला अस्पताल ल्याइरहेको डिएस पि रुपक खड्काले जानकारी दिए ।