बलात्कारीलाई कारवाहीको माग गर्दै बझाङमा विरोध प्रदर्शन

भुवनबहादुर सिंह
बझाङ । मष्टा गाउपालिका २ कि सम्झना कामीको बलात्कार पछि हत्या भएको भन्दै आज चैनपुर बजारमा  र्याली निकालिएको छ । र्यालीमा जिल्लास्तिथ नागरिक समाज मावन अधिकारकर्मी लगाएत स्वतन्त्र नागरिकको सहभागिता रहेको थियो । सम्झनालाई न्यायदे, बालअधिकार सुनिश्चित गर , बलात्कारीलाई फासिदे भन्ने लगाएतका प्लेकार्ड बोकेर चैनपुर बजार परिक्रमा गरि लोकतान्त्रिक चोकमा कोर्ण सभामा परिणत भएको थियो ।

बुधबार साझ वस्तुभाउलाई घास हाल्न गोठ हिडेकी सम्झनाको शव मन्दिर भित्र नग्न अवस्थामा फेला परेको थियो तल्लो शरिर नग्न अवस्थामा रहेको र टाउको तथा शरिरको विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेकी उनको बलात्कार पछि हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।

खिकाला गाउबाट करिब १० मिनेटको दुरीमा रहेको गोठमा वस्तुभाउलाई घास हाल्ने हिडेकी उनी राती अवेर सम्म घर नफर्किए पछि परिवारले खोजी सुरु गरेको थियो । बालिकाका बाबुआमा मजदुरीको क्रममा भारतमा रहेकोले उनि दुइवटा बहिनी सहित बाजेबज्यै सग गाउमा बस्दै आएकी छिन ।

उनका बाजे गोरख कामीले नातिनी अबेर सम्म घर नआए पछि राती आठबजे सम्म पनि खोजी गरेका थिए । आफुले खोजी गर्दा नभेटाए पछि उनले छिमेकीको सहयोग मागेर खोजी गर्दा गोठ भन्दा २ सय मिटर टाढा रहेको शिव मन्दिर भित्र तल्लो शरिर कपडा विहिन अवस्थामा रहेको गोरखले बताएका थिए ।

यता घटनाको जानकारी पाए पछि राती नै घटना स्थल पुगेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डियसपी रुपक खड्काले पनि बालिकाको बलात्कार पछि हत्या नै भएको आशंका व्यक्त गरेका छन । घटना स्थलको प्रकृती हेर्दा बलात्कार पछि हत्या भए जस्तो देखिए पनि अहिले नै किटान गर्न नसकिने उनले बताए ।

‘हामीलाई पनि बलात्कारकै शंका छ । तर पोष्टमार्टम रिर्पाेट नआउन्जेल ठोकुवा गर्न मिल्दैन’ उनले अनुसन्धानको क्रममा सौही गाएका १८ बर्षिय राजेन्द बोहरालाई प्रहरीले निन्त्रणमा लियर अनुसन्धान भैरहेको पनि बताए । बालिकाको विहिवार नै जिल्ला अस्पताल सिमखेतमा पोष्ट मार्टम गरिएको छ । पोष्ट मार्टम रिपोर्ट आज साझ सम्म पेश गरिने अस्पातालले जनाएको छ ।