स्वास्थ्य क्षेत्रमा जयपृथ्वी नगरपालिका बझाङकै उत्कृष्ट घोषीत 

भुवनबहादुर सिंह, बझाङ –बझाङको जयपृथ्वी नगरपालिका स्वास्थ्य सेवामा उत्कृष्ट घोषीत भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले आयोजना गरेको ९ वटै जिल्लाको स्वास्थ्यतर्फको प्रदेस स्तरीय समिक्षाको अन्तीम दिन आज बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका उत्कृष्ट  घोषणा गरिएको हो ।

१२ वटा स्थानिय तह रहेको बझाङमा जयपृथ्वी नगरपालिका दिएको स्वास्थ्य सेवा सन्तोसजनक रहेको पाइएकाले जिल्लाको उत्कृष्ट घोषणा गरिएको प्रदेस स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयले उत्कृष्ट घोषणा गरेसँगै सनिबार नगरपालिकालाई प्रमाण पत्र र ४० हजार नगद पनि प्रदान गरेको छ । नगरपालिकाले सुरक्षीत मातृत्व, बाल स्वास्थ्य सेवा, खोप सेवा, पोषण सेवा, परिवार नियोजन, सस्थागत सुत्केरी लगायतका कार्यक्रमहरु सन्तोषजनक रहेको बताएको छ ।