केदारस्युँका पहिरो पिडितलाई सुदुरपश्चिम समाज कोरियाकाे एक लाख सहयोग

साइपाल खबर संवाददाता

बझाङ । केदारस्युँ गाउँपालिकाका पहिरो पीडितलाई सुदुरपश्चिम समाज कोरियाले सहयोग एक लाख रुपैया सहयोग गरेको छ । समाजका महासचिव ओम साउदका अनुसार कोषाध्यक्ष डिल्लीराज पनेरुले बाढी पीडित विपद् व्यवस्थापन समिति केदारस्युँ – ८, मल्लेसीको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक बझाङको चल्ती हिसाव खाता नं ४११००१००४६०१ मा १ लाख जम्मा गरेका छन् ।

गएको असार २० गते शनिबार बिहान २ बजेतिर केदारस्युँ गाउपालिकाको मल्लेसीमा भीषण पहिरो जाँदा जनधनको क्षति भएको थियो । उक्त पहिरोबाट सो स्थानमा रहेका २० परिवार घरविहीन भएका छन् । उक्त दुःखद् खबर सार्वजनिक भए लगत्तै विज्ञप्ति प्रकाशित गरेर समाजका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको थियो ।

बझाङका पहिरो पीडितलाई सहयोग गर्न अध्यक्ष वीर पाल, सल्लाहकारहरू कमल शाही, लाल साउद र यज्ञराज जोशीको समन्वयमा संयुक्त रुपमा सञ्चालन गरेको अभियानमा ५० जना सहयोगीहरूबाट उक्त सहयोग प्राप्त भएको हो ।