अखिल संयोजक महरको गृह जिल्लामा भव्य स्वागत, जिल्लाको नेतृत्व लिन अनुरोध (फोटो फिचर)

सुदुरपश्चिम

साइपाल खबर संवाददाता
बझाङ । नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रिय संयोजक ऐन महरलाई गृह जिल्ला बझाङमा भव्य स्वागत भएकाे छ । दशैंको शुभकामना तथा कार्यकर्ता भेटघाट गर्न जिल्लाका विभिन्न पालिकामा पुगेका महरलाई स्थानियले स्वागत गरेका हुन् ।


दशैंको शुभकामना दिन घरदैलोमा पुगेका महरलाई स्थानियले बाजागाजा सहित स्वागत गर्दै जिल्लाको नेतृत्व लिन आग्रह गरेका थिए । ‘केन्द्रमा बलियो प्रभाव राख्न सक्ने नेता नभएका कारण बझाङ जिल्ला सम्भावना भएर पनि विकासमा पछि परेको छ’ वित्थडचिर गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बोहराले भने ‘अव हामीलाई जिल्ला र केन्द्र जोडन सक्ने नेतृत्व चाहिएको छ । त्यसको एकमात्रै विकल्प ऐन महर हुन’ उनले विद्यार्थीहरुको सबै भन्दा ठुलो संगठन अनेरास्वियूको शिर्ष पदमा पुग्ने मध्य र सुदुर नेपालकै पहिलो व्यक्ती महरले जिल्लाको गौरब बढाएको बताए ।

वित्थड चिर गाउँपालिकाको आयोजनामा गाउँपालिकाको वित्थड र देउलेकमा महरलाई छुट्टा छुट्टै स्वागत गरिएको थियो । देउलेकमा भएको कार्यक्रममा महरले कृषी क्याम्पस स्थापनाको लागि आफुले पहल गर्ने आश्वासन पनि दिएका थिए ।

यस्तै तल्कोट गाउँपालिकाको सुनिकोट र दाँतोलामा पनि महरलाई स्थानियले स्वागत गरेका थिए । स्वागतको लागि आएका अधिकांस जिल्लाका नेता तथा स्थानियले उनलाई जिल्लाको नेतृत्व लिन अनुरोध गरेका थिए । ‘विकासको स्पष्ट भिजन र क्षमता भएका युवाहरु नेतृत्वमा आए पछि मात्रै देशले समृद्धीको यात्रा तय गर्न सक्छ’ नेकपा जिल्ला कमिटी सदस्य कलक रोकायाले भने ‘त्यो सम्भावना बोकेका नेता ऐन महर हुन ।’ उनले महरलाई तल्कोट क्षेत्रको विकासको लागि केन्द्रमा पहल गरिदिन पनि अनुरोध गरेका थिए ।

गाउँपालिकाको विकासमा महरले यस अघि पनि सक्रियताका साथ पहल गरेको बताउदै गाउँपालिका अध्यक्ष लालबहादुर विस्टले भने ‘यहाँका स्थानियलाई भेटर, यहा“का समस्याहरु बझ्नको लागि गाउ“मै पुग्नु भएको छ । महरको उपस्थितीले अवश्य पनि तल्कोटको विकासको लागि अर्थ राख्नेछ।’

यस्तै संयोजक महरलाई बुङ्गल नगरपालिकाका स्थानियले पनि बाजागाजा सहित स्वागत गरेका थिए । विकासका हिसावले पछाडी परेको बुङ्गल नगरपालिकाका समस्याहरु युवा नेतृत्वले मात्रै सम्बोधन गर्न सक्ने यहाका स्थानियले बताएका थिए । ‘हामीलाई जनताका समस्या सुन्ने मात्रै होइन । महसुस गर्ने र सम्बोधन गर्ने नेतृत्व चाहिएको छ,’ वडा अध्यक्ष प्रयाग राज धामीले ‘ऐन महर स“ग त्यो क्षमता छ । बझाङ मात्रै नभएर सिंगो नेपालले वहाँलाई भावि नेतृत्वको रुपमा हेरेको छ।’

महरलाई छविस पाथीभेरा गाउँपालिकाको बुडखोरी, मझखोरी र चौघानपाटा, जयपृथ्वी नगरपालिकाको सुवेडा र नौरामा पनि स्वागत गरिएको थियो । दशैको अवसर पारेर जिल्ला आएका बेला आफुले स्थानियका समस्या बुझ्ने र भेटघाट गर्ने मौका पाएको बताउदै स्थानियले गरेको माया र स्वागतले आफु उत्साहित भएको महरले बताए ।

उनले जिल्लाको विकासको मेरुदण्डको रुपमा मानिएको चैनपुर ताक्लाकोट सडकको माथिल्लो खण्डलाई सुरुङ मार्गको रुपमा विकास गर्नका लागि आफुले पहल गर्ने बताए । ‘पर्यटन र व्यापारका हिसाबले आधा नेपाललाई पश्चिम फर्काउन सक्ने योजना ताक्लाकोट सडक नै हो’ उनले भने ‘यसलाई सुरुङ सहितको सडक बनाउनका लागि नेपाल सरकार संग जोडदार पहल गर्ने प्रतिबद्धता गरेको छु’ उनले झुलाघाट देखी चिनको सिमा सम्म जोड्ने सडक सबै भन्दा छोटो त्रिदेशिय सडक बन्ने र यसले देशकै समृद्धीमा ठुलो योगदान दिने बताए ।

जिल्ला भ्रमणका क्रममा आफुले विभिन्न क्षेत्रका जनताका समस्या र सम्भावनाहरु नजिकबाट बुझ्ने मौका पाएको बताउदै उनले अवका दिनमा स्थानिय स“गको सामिप्यता अझै बढाउदै लैजाने बताए । देशकै ठुलो विद्यार्थी संगठनको जिम्मेवारी भएकाले व्यस्तताका कारण जिल्ला आउजाउ गर्न केही समस्या भएको भएपनि आगामी दिनमा समय निकालेर स्थानियका समस्या बुझ्न जिल्ला आउने उनको भनाई थियो ।

‘संगठनको कामको व्यस्तताले चाहे जति जिल्ला भ्रमण गर्न सकेको थिए“न । यद्यपी केन्द्र मै बसेर पनि यहाँको विकास निर्माण सम्बन्धी पहल गर्ने काम गरिरहेको थिएँ’ उनले भने ‘अबका दिनमा महिना दुइ महिनामा एक पटक जिल्ला पुग्ने सोच बनाएको छु।’

महरको उपस्थितीेले जिल्लाका सबै नेता कार्यकर्ताको उत्साह बढाएको तथा स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरि एक सय भन्दा बढी नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको अनेरास्ववियू जिल्ला कमिटी संयोजक प्रविन्द्र धामीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *