बझाङ–जयपृथ्वी रिडर्स क्लवको उपन्यास विधाको कार्यक्रम सम्पन्न भएको छ । जयपृथ्वी क्याम्पसमा एक कार्यक्रमका विच सम्पन्न भएको हो । जयपृथ्वी क्याम्ससका प्रमुख मोहनराज उपाध्यायको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा क्याम्पसका चार जना विद्यार्थीले विभिन्न उपन्यास र उपन्यासकारका बारेमा वाँचन गरेका थिए । वाँँचन गरेका उपन्यास शिरिषको फूल र उपन्यासका पारिजातको बारेमा जोगेनी जाग्राी,सामानन्तर आकार उपन्यासबारेमा सुरज विक,झकम घिमिरेको जीवन काँडाकी फूलमा सिता विष्ट र शियरबाट करोडपति उपन्यासमा खगेन्द बोहराको वाँचन गरेका थिए । कार्यक्रममा जयपृथ्वी क्याम्पसका उपप्राध्यापक भानु जोशीले यस्ता कार्यक्रमले विद्यार्थीको नेतृत्व क्षमता र ब्यक्तित्व विकास हुनुका साथै पढ्ने बानिको विकास हुने बताए ।
रिर्डर्स क्लव सुदूरपश्चिम विश्वविद्यालयमै पहिलो भएको र यसले विद्यार्थीको पठनशैली र ज्ञानको मापन गर्ने भएकाले दश वटा विद्यामा पाक्षिंक रुपका कार्यक्रक गर्ने उपप्राध्यापक लाल बहादुर बोहराले जानकारी दिए । उनले भने, उपन्यास आजको पहिलो विद्या हो ।, कथा,कतिता, सामान्यज्ञान,समसामयिक,पौराणिक,समचार र षिषयगत, बस्तुगत गरी दश विद्या रहेको बताए । क्याम्पस प्रमुख मोहनलाल उपाध्यायले विद्यार्थीलाई पाठक बाट बाँचक बनाउने लक्ष्यका साथ स्थापना भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई क्याम्पसले निरन्तरता दिने बताए ।