भुवन बहादुर सिंह
बझाङ –बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बझाङको जयपृथ्वी नगरपालिका वडानम्बर ६ का ४८ बषिय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सिमखेतका कोभिड फोकल प्रसन नारायण जोशीले जानकारी दिएका छन् । संक्रमित भारतको तामिललाडु भन्ने ठाउँबाट चैत २९ गते बझाङ आएका थिए । उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगसालामा बैशाख १ गते कोभिड एन्टिजेन्ट विधिबाट चेक गर्दा पोजेटिभ देखिएको थियो । सक्रमितको स्वास्थ्यमा थप समस्या देखिए पछी थप उपचारको लागी कोहोलपुर लिदै गर्दा बाटोमै मृत्यु भएको समेत फोकल प्रशन जोशीले बताएका छन् ।