साइपालखवर संम्वाददाता
बझाङ । जिल्लाका २ वटा पालिकाका ३ हजार ४ सय बालबालिकालाई ट्रयाक सुट र स्टेशनरी वितरण गरिएको छ । प्रगतिशील युवा समाज र वल्र्ड भिजनको साझेदारीमा जयपृथ्वी नगरपालिका र केदारस्यु गाउँपालिकाका कार्यक्रम लागु भएका वडाहरुका विध्यालयमा अध्ययनरत २ बर्षदेखि १० बर्ष उमेर समुहका बालबालिकाहरु लाई ट्रयाक सुट र स्टेसनरी वितरण गरेको हो ।
बाल प्रायोजन कार्यक्रम अन्र्तगत आर्थिक अवस्था कमजोर भएका र जोखिममा रहेका बालबालिकाहरुको शिक्षामा पहुँच होस् भन्ने उदेश्यले हजार ३ हजार ४ सय बालबालिकालाइ उक्त सामाग्रीहरु वितरण गरिएको प्रगतिशिल युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताउनु भयो ।
प्रगतिशिल युवा समाज र वल्र्ड भिजनको साझेदारीमा विध्यालयमा अध्यनरत बालबालिकाको प्रारम्भिक स्वास्थ्यलाई समेत मध्यनजर गर्दै केदारस्युँ गाउँपालिकामा रहेका २२ वटा विध्यालय र जयपृथ्वी नगरपालिका भित्रका २७ वटा विध्यालयका स्रोत शिक्षकहरु लाई प्रारम्भिक स्वास्थ्यको बारेमा तालिम समेत दिएर विध्यालयलाई बालबालिकाको तौल नाप्ने मेसिन, उचाई नाप्ने फिता, आँखाको दृष्टि चेक गर्ने चार्ट, कानको सुन्ने शक्ति लागएतका सामाग्रीहरु उपलब्ध गराएको वल्र्ड भिजन बाल स्पोन्सरशिपका फिल्ड कोडिनेटर तिलक केसीले बताउनु भयो ।
जसले गर्दा बच्चाहरुको कुपोषणको अवस्था सरसफाइको अवस्था थाहा पाएर कुनै बालबालिका लाई जटिल समस्या भएको खण्डमा नजिकको स्वास्थ्य संस्थामा रिफर गर्ने र उपचारका लागि समेत संस्थाले पहल गर्ने उदेश्य समेत रहेको केसीले बताउनु भयो । विगत केहि बर्ष देखी प्रगतिशिल युवासमाजले जिल्लाका २ वटा स्थानियतहमा शिक्षा, स्वास्थ्य, जिविकोपार्जन लगाएतका क्षेत्रमा स्थानियतहहरु संग समन्वय सहकार्य गर्दै काम गर्दै आएको छ । साथै संस्थाले २ वटै स्थानियतहमा बर्थिङ सेन्टरमा चाहिने उपकरण, खानेपानीका धाराहरु र्निमाण लगाएतका कामहरु गर्दै आएको छ ।