ग्रेसबहादुर सिंह
बझाङ । बझाङमा आइतबबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङमा ७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २२ जनामा संक्रमण देखिएको कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताउनुभयो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ, भने ३ जनाको मृत्यु भईसकेको छ । जिल्ला भरि ७२४ जनाको एन्टिजेन विधि बाट परिक्षण गरिएकोमा २०४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्याmयका प्रमुख भानुभक्त जोशीले बताउनुभयो ।
सबै पालीकामा सँक्रमीत हुनेको तल्कोट गाउपालीकाका २ जना पुरुष, छबीसपाथीभेरा गाउपालीका ३ जना पुरुष, थलारा गाउपालीका ६ जना पुरुष, दुर्गाथलीका १ पुरुष र १ महिला रहेका छन् । त्यसै गरी बुङगलनगरपालीका १ जना पुरुष, केदारस्युमा सबै भन्दा बढि ११ जना पुरुष, बित्थडचिर गाउपालीका २ जना पुरुष र जयपृथिबी नगरपालीकाका १ जना पुरुष र १ जना महिला रहेका छन् । अहिले २० जना आइसोलेसनमा रहेको र १७२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले बताउनुभयो । स्वास्थ्य कार्यालयका प्रमुख जोशीले स्थ्ति भयाबह बन्दै गएको र सँक्रमण नियन्त्रण बाहीर गएको भन्दै सँक्रमीतहरुलाई होम आइसोलेसनमा नबसी पालीकाले बनाएको आइसोलेसनमा बसी दिन आग्रह गर्नुभयो ।
कोरोनाको संक्रमणदर बढ्दै गएपछि परीक्षणको दाएरा व्यापक बनाएको छ साथै सोमबार देखि एक हप्ताका लागि निषेधाज्ञा गरिने भएको छ । मालबाहक ट्रक, एम्बलेन्स, दमकलजस्ता अत्यावश्यक सवारीबाहेक अन्य सवारी साधन चलाउन नपाइने र अत्यावश्यक कामका लागि सवारी पास अनिवार्य गरिएको छ।