साइपालखबर संवाददाता
बझाङ । निर्धन उत्थान लघुबित्त बित्तिय सस्था शाखा कार्यालय चैनपुरले एक मृतक सदस्यको परिवारलाई बिमा रकम भुक्तानी दिएको छ । निर्धन उत्थान लघुबित्त बित्तिय सस्थाबाट संचालित जयपृथ्वी नगरपालिका –८ मा रहेको पैयातोला महिला समूह कि सदस्य मन्जु बम्मको नयाँ बर्षमा घर पोत्नका लागि माटो निकाल्न जाँदा माटोको ढिस्कोले पुरिएर मृत्यु भएको थियो । पाँच बर्ष पहिला समूहकी सदस्य बनेकी मृतक बमले बचत विमा गरेकी थिइन् । विमा मार्फतको चार लाख साठी हजार रकम मृतक बममा श्रीमान् रमेश बमलाई शाखा प्रबन्धक गौतम थापाले हस्तान्तरण गरेका हुन् ।
मृतक बम अन्य लघुबित्त बित्तिय सस्थामा पनि सदस्य रहेकी थिइन् । अन्य संस्थाबाट कुनै राहात नपाएको मृतकका पति रमेश बमले बताएका छन् । निर्धनबाट उचित राहत पायकोले २ छोरीको पढाई लेखाइमा सहयोग पुन्ने भन्दै संस्थाको यस कार्यबाट बचतकर्ता सदस्यहरुको विश्वासनीयता बढ्दै जाने समेत बताएका छन् । प्रबन्धक थापाले नेपालका सतहत्तरै जिल्लामा शाखा स्थापना गरि सेवा दिइरहेको निर्धन उत्थान लघुबित्तले बित्तिय तथा गैरबितिय कार्यक्रम सन्चालन गर्दै सस्थाले सदस्यहरुको गरिबी कम गर्न साथ दिदै आएको बताए ।