सत्यराज सिंह
बझाङ । एक कोरोना संक्रमितलाई थप उपचारका लागी काठमाण्डौ पठाईएको छ ।
जिल्ला अस्पताल बझाङमा उपचाररत जयपृथ्वी नगरपालिका ९ का ३१ बर्षीय पुरुषलाई हेलिकप्टर मार्फत काठमाडौं रेफर गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।
संक्रमितमा एक हप्ता अघि कोरोना पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी आईतबार देखि जिल्ला अस्पतालमा उपचाररत थिए ।
बुधबार राती देखि छाती र स्वासप्रस्वासमा समस्या देखिएपछि अवस्था जटिल बन्दै गएको थियो । अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागी रेिफर गरिएको जाेशीले बताए ।