बझाङमा थप एक कोरोना संक्रमितको मृत्यु :मृतकको संख्या छ पुग्यो

सुदुरपश्चिम

साइपालखबर संवाददाता

बझाङ । बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तडछान्ना ५ का एक ३७ वर्षीय शिक्षक रहेका छन् । उनी एक हप्तादेखि विरामी रहेको र गाउँघरकै मेडिकलबाट उपचार गरिरहेको पाइएको छ ।

बिहीबार जिल्ला अस्पताल भर्ना भएका उनी निकै कमजोर अवस्थामा रहेको उपचारका क्रममा शु्क्रबार वेलुका करिब ४ बजे मृत्यु भएको जिल्ला अस्पताल बझाङका कोरोना सम्पर्क व्यक्ति डाक्टर मिलन खड्काले बताउनुभयो ।

उहाँका अनुसार खप्तडछान्ना लगायत सबै स्थानीय तहमा विरामीहरु रहेको तर उनीहरु सामान्य रुघाखोकी भन्दै गाउँघरमै उपचार गराइरहेको पाइएको छ । सकभरसम्म गाउँघरमै उपचार गर्ने र अवस्था नाजुक भएपछि मात्रै अस्पताल सम्झने बानीले गाउँघर धेरै ठूलो महामारी फैलने डाक्टर खड्काले चेतावनीसमेत दिनुभयो । योसँगै बझाङमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *