समाचार प्रभावः साइपाल प्रवेशका लागी पिसिआर रिर्पाेट अनिवार्य

सुदुरपश्चिम

ग्रेसबहादुर सिंह

बझाङ ।साइपाल गाँउपालिकाले गाँउपालिका प्रवेश गर्नेहरुका लागी पिसिआर रिर्पाेट अनिबार्य गरेको छ । शुक्रबार एक सुचना जारी गर्दै गाँउपालिकामा प्रबेश गर्नका लागी ४८ घण्टा नवितेको पिसिआर रिर्पाेट साथमा ल्याएर आउनेलाई मात्र गाँउपालका प्रवेश गर्न दिइने र रिर्पाेट नभएकाहरुलाई गाँउपालिकामा प्रबेश गर्ने रोक लगाउने निर्णय गरेको हो ।
साइपाल गाँउपालिका यार्सा तथा अन्य जडीबुटीका लागी सम्पन्न गाँउपालिका हो । अहिले त्यहाँ यार्सा संकलन तथा अन्य जडीबुटी संकलन गर्ने समय भएका कारण जडीबुटी संकलन गर्नेहरुबाट कोरोना महामारीको संक्रमण फैलने सम्भावना बढेपछी गाँउपालिका प्रवेशमा रोक लगाईएको छ ।

गाँउपालिकाका सिमाना प्रबेश गर्नेहरुले कोरोनाको नगेटिभ रिर्पाेट अनिवार्य देखाउनु पर्ने निर्णय गरिएको गाँउपालिका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनु भएको छ । साइपाल गाँउपालिकाका मुख्य दुईवटा सिमाना वडा नं. १ र २ को धलौन र धुलीमा हेल्थडेक्स सहित कर्मचारीको ब्यबस्थापन गरेको जनाईएको छ ।
साइपाल गाँउपालिकामा पहिलो भेरियन्टको कोरोना संक्रमितहरु फेला नपरेको भएपनि दोस्रो भेरियन्टबाट तीन जना स्थानिय र एक जना सुरक्षा निकायका सदस्यलाई संक्रमण फैलि सकेको छ । उनीहरुमा यार्सा संकल गर्ने जानेहरुबाट संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ । गाँउपालिकाभित्र संक्रमण नहोस् भनेर अर्काे सुचना जारी नभएसम्मका लागी गाँउपालिकामा विना पिसिआर रिर्पाेट प्रवेश गर्न रोक लगाईएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *