ग्रेसबहादुर सिंह
बझाङ । आठ महिना बितिसक्दा सुर्मा गाउँपालिकाका बृद्धले वृद्धभत्ता नपाएका गुनासो गरेका छन् । यो आर्थिक वर्षको कात्र्तिक महिना पछी अहिलेसम्म सामाजिक सुरक्षा भत्ता नपाएको उनीहरुले बताएका छन् । “कात्र्तिकको महिना भत्ता दियाको हो त्याँ भन्दा पछि दुई पटक पाउने वेला भइसक्यो अहिलेसम्म पायाको नाइप (पाएको छैन्) ” स्थानिय भुजीदेबि बोहरा भनिन् “देशमा कोरोना महामारीले भयावह रुप लिदैँ गर्दा आफुहरुले राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता नपाउदाँ दुःख लागेको छ ।”
सरकारले रणनिती अनुरुप रहेक चारचार महिनामा सामाजिक सुरक्षा भत्ता अहिलेसम्म बितरण हुन सकेको छैन् । सुर्मा गाउँपालिकामा हरेक बर्ष सामाजिक सुरक्षा भत्ताका लागी लगभग १ करोड बजेट निकासा हुन्थ्यो, तर यसपालि भने ८ महिना बितिसक्दा पनि जेष्ठनागरिकहरुले भत्ता नपाएका गोरख बोहराले बताउनु भयो । वृद्धबृद्धा भोकमरी हुने चिन्ताले छटपटाई रहेका बेला जनप्रतिनिधिको चरम लापरबाहीका रहेको बोहराले बताउनु भयो ।
यता सुर्मा गाउँपालिका अध्यक्ष नर बहदुर बोहराल सामाजिक सुरक्षा भत्ताको रकम निकासा भएको दुई दिन भएको र अब केही दिन भित्रै प्रत्येकको नागरिकको घरघरमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताउनु भएको छ ।
यसैविच सुर्मा गाँउपालिकामा कोरोना भाईरस बढ्दै गइरहेका बेला जिल्ला बाहिर र भारत लगाएतका मुलुकबाट आउने नागरिक निर्वाध रुपमा गाँउमा हिड्ने गरेका छन् । यसले गर्दा गाँउमा कोरोनाले महामारीको रुप लिने भन्दै स्थानियले चिन्ता ब्यक्त गरेका छन् ।