थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पृष्टीः सक्रिय संक्रमितको संख्या ८८५ पुग्यो

समाचार

ग्रेसबहादुर सिंह
बझाङ । आज बझाङमा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पृष्टी भएको छ । जिल्ला अस्पताल बझाङमा गरिएको पिसिआर परिक्षणमा ४२ जना र एन्टिजेन परिक्षण गर्दा ४ जनामा गरी ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो सँगै जिल्लामा कोरोनाको दोस्रो भेरियन्ट पछी मात्रै संक्रमित हुनेहरुको संख्या १०९५ पुगेको छ ।
आज थपिएका कोरोना संक्रमितहरु जिल्ला अस्पतालका ४ जना, तल्कोट गाँउपालिकाका ९ जना, मष्टा गाँउपालिकाका ११ जना र जयपृथ्वी नगरपालिकाका १५ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । यस्तै खप्तड छान्ना गाँउपालिकाका १ जना, थलारा गाँउपालिका र बुङ्गल नगरपालिकामा तीनतिन जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
अहिलेसम्म जिल्लाभर संक्रमित हुनेहरु मध्ये जयपृथ्वी नगरपालिकामा ३७३ जना, साइपाल गाँउपालिकामा ५ जना, तल्कोट गाँउपालिकामा ५० जना, मष्टा गाँउपालिकामा ५३ जना र सुर्मा गाँउपालिकामा १४ जना कोरोना संक्रमित रहेका छन् । यस्तै छविस पाथिभेरा गाँउपालिकामा ७९ जना, खप्तड छान्ना गाँउपालिकामा १२० जना, दुर्गाथलीमा ६१ जना र थलारा गाँउपालिकामा ८४ जना कोरोना संक्रमित पुगेका छन् । उता बुङ्गल नगरपालिकामा ५३ जना, विथ्थडचिर गाँउपालिकामा ५८ जना र केदारस्यू गाँउपालिकामा ९६ जना र अन्य ४९ जना गरी १०४९ संक्रमित पुगेको स्वास्थ्य कार्यालयको रिर्पाेटमा उल्लेख गरिएको छ ।
निको हुनेको संख्या बढ्योः
यसैवीच पछिल्लो चौविस घण्टामा जिल्लामा थप ६४ जनाले आज कोरोनालाई जितेसँगै कोरोनाबाट मुक्त हुनेको संख्या १९६ पुगेको छ । जिल्लामा अव जयपृथ्वी नगरपालिकामा ३३२ जना, साइपाल गाँउपालिकामा ४ जना, तल्कोट गाँउपालिकामा ३८ जना, मष्टा गाँउपालिकामा४६ जना र सुर्मा गाँउपालकामा १३ जना रहेका छन् । यस्तै छविस पाथिभेरा गाँउपालिकामा ५८ जना, खप्तडछान्ना गाँउपालिकामा १०८ जना रहेका छन् । दुर्गाथली गाँउपालिका, थलारा गाँउपालिका, केदारस्यूँ गाँउपालिकामा क्रमश ४३, ४४ र ७९ जना रहेका छन् भने, उता बुङ्गल नगरपालिकामा २८ जना र विथ्थड चिर गाँउपालिकामा ५५ जना र जिल्लाका अन्य ३७ जना गरी सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयको दैनिक रिर्पाेटमा उल्लेख गरिएको छ । अव जिल्लामा ८८५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा कुनै कोरोना संक्रमितले ज्यान गुमाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *