तरुण दलका अध्यक्ष ऐडीद्धारा तीन अक्सिजन कन्सन्ट्रेटर हस्तान्तण

सुदुरपश्चिम

साइपालखबर संवाददाता

बझाङ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल बझाङका अध्यक्ष बिष्णु ऐडिको समन्वयमा तीन वटा अक्सिजन कन्सन्ट्रेटर खरिद गरी जिल्ला अस्पताल बझाङलाई हस्तान्तरण गरिएको छ । ऐडीले सामाजिक सञ्जालमा अभियान सञ्चालन गरी संकलन भएको दुई लाख तीस हजार रुपैयाँमा कन्सन्ट्रेटर खरिद गरी विहिबार हस्तान्तरण गरेका हुन् ।

‘कोरोनाको महामारी दिन प्रति दिन बिकराल रुप लिइरहेको बेला सेवाभावका लागि प्रयास गरेको अभियानमा देश तथा बिदेशमा बस्नुहुने साथीभाई, शुभचिन्तकहरुको सहयोगबाट सम्भव भएको छ,’ उनले भने ।

उनले सामाजिक सञ्जाल फेसबुकमा जिल्ला अस्पतालमा अक्सीजनको अभाबलाई कम गर्न कन्सन्ट्रेटर खरिदका लागि अभियान सञ्चालन गरेपछि बिदेशमा रहेका नेपाली तथा बझाङबासीले सहयोग गरेका थिए । अमेरिका, कोरिया, जर्मन , जापान, भारत र नेपालमा रहेका आफ्ना शुभचिन्तक साथीभाईहरुबाट सहयोग जुटेको थियो ।


तीन मध्ये दुई वटा जिल्ला अस्पताल बझाङ र एउटा छबिसपाथीभेरा गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । देशभर अक्सिजनको अभाव भैरहेका बेला जिल्ला अस्पतालमा उपलब्ध गराइएको कन्सन्ट्रेटरले राहत महसुस गराएको जिल्ला अस्पताल बझाङका प्रमुख डा. सन्दिप ओखेडाले बताए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने, ‘यस्तो महामारीको बेला यस्तो पुण्य काम गर्नु आफैमा राम्रो काम भएकाले ऐडिको टिमलाई बिषेश धन्यबाद दिन चाहान्छौं ।’

ऐडी राजनीतिसंगै सामाजिक कार्यमा सक्रिय छन् भने बझाङका युवाहरुमा माझमा लोकप्रिय छन् । उनी विपद् र महामारीका बेला नेतृत्व लिएरै सेवा गर्न क्रियाशिल हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *