बझाङ सहित दुर्गम २० जिल्लामा मातृ प्रतिक्षा गृह सञ्चालन गरिने

समाचार

साइपालखबर संवाददाता

काठमाडौँ । सरकारले मातृ स्वास्थ्यमा सुधार ल्याउन बझाङ, हुम्ला, डोल्पा, मुगु लगायत दुर्गम क्षेत्रका २० जिल्लामा मातृ प्रतिक्षा गृह सञ्चालनमा ल्याउने भएको छ ।

उक्त गृहमा प्रसूति समय अगाडिको स्वास्थ्य जाँच र औषधिको सुविधासहितको सुविधा हुने अध्यादेशमार्फत आर्थिक वर्ष २०७८र७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

यसैगरी सबै जिल्ला अस्पतालमा प्रसूति तथा नवजात शिशु स्याहार सेवा ल्याउने भएको छ । गर्भावस्थादेखि सुत्केरी भएको ४२ दिनसम्मको अवधिमा हुने मृत्युलाई मातृ मृत्युदर भनिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल दक्षिण एसियामा अफगानिस्तान पछि उच्च मातृ मृत्युदर हुने मुलुकमा पर्छ  । सन् २०१६ को जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा मातृ मृत्युदर प्रतिलाख २ सय ३९ छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *