साइपालखबर संवाददाता
बझाङ । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको वित्थडचिर गाउँपालिका–१ का अन्दाजी २७ वर्षीय भरत बोहोराको आइतबार दिउसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक कमल चौधरीले जानकारी दिए ।
जयपृथ्वी नगरपालिका ९ देवलमा रहेको निर्माणाधिन बालआश्रममा सरिया फिटिङ गर्दैगर्दा विजुलीको तारमा छोइएर बोहोरालाई करेन्ट लागेको थियो ।
जिल्ला अस्पताल सिमखेतमा उपचारको लागी लैजादै गर्दा बीच बाटोमै उनको मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल सिमखेत राखिएको छ ।