साइपालखबर संवाददाता
बझाङ । बाजुरास्थित बुढीनन्दा नगरपालिकाको कोल्टीमा एक दिने खोज पत्रकारिता तालिम सम्पन्न भएको छ । रेडियो बुढीनन्दामा कार्यरत पत्रकारहरुलाई क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको हो ।
रेडियो बुढीनन्दाको आयोजना र सदुरपश्चिम प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा उक्त्र तालिम गरिएकाे हाे । लामो समय देखि रेडियो पत्रकारीता गरीरहेका पत्रकारहरुको क्षमता अभिबृद्धि गर्दै थप सक्षमता बृद्धि गर्ने उदेश्यले सो तालिमको आयोजना गरीएको हो ।
रेडियो बुढीनन्दाका प्रवन्ध निर्देशक अनिल शाहीको अध्यक्षतामा सञ्चालन भएको तालिममा बुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदम कुमार गिरी प्रमुख अतिथि थिए । वडा नं २ का वडाअध्यक्ष भीम बहादुर कार्की, स्वामीकार्तिक खापर गाउँपालिका वडा नं चारका वडाअध्यक्ष काशिराम कैला, ईलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी निरीक्षक देवेन्द्र राज जोशी लगायत अातिथ्यता थियाे ।
उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य राख्दै अतिथिहरुले पत्रकारीताले राज्यको चौथो अंगको हैसियत राख्ने भएकाले यसले सत्य तथ्य समाचार सामग्रीहरु सम्प्रेषण गर्नु पर्ने र पत्रकारीताको विकासका लागि स्थानीय सरकारले समेत सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा वोल्दै बुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदमकुमार गिरीले पत्रकारले समाजका घटनालाई सत्य, तथ्य र निष्पक्ष ढंगले सञ्चार माध्याममा पुर्याउएर नागरीकलाई सचेतना गराउनुपर्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका नगरप्रमुख गिरीले रेडियो बुढीनन्दाका कारण यस क्षेत्रमा पत्रकारीतामा बृद्धि भएको र पत्रकारहरुले यहाँको विकास निमार्ण देखि विभिन्न कुरामा अग्रणी भूमिका खेलेको बताए । ‘दुर्गम क्षेत्रमा सञ्चालित सञ्चार माद्यामले समाजका सुक्ष्म गतिविधिलाई नागरीक समक्ष पुर्याउन महत्वपुर्ण भुमिका रहन्छ,’ उनले भने. ‘पत्रकारको हक हित र संरक्षणका लागि आफु र नगरपालिकाका सधै तत्पर रहन्छ ।’
कोल्टीकाे होटेल अभिषेशको तालिम हलमा सञ्चालित कार्यक्रमको प्रशिक्षण मानव अधिकार पत्रकार संघ सुदुरपश्चिम प्रदेशका महासचिव तथा वरीष्ठ पत्रकार निमेन्द्र शाहीले गरेका थिए ।