बझाङ-थलारा गाउँपालिका पाँच दुवालीमा पार्कि र सार्कि गरी तिस परिवार बसोवास गर्छन् । पार्किहरुको पुर्खौली पेशा भनेकै निगालाका भाडाहरु बनाउने र यसै बाट जिविकोपार्जन गर्ने गर्दथ्य । निगालाका डोको,सुप्पा र छाप्रा बुनेर गाउँगाउँमा लगेर बेच्ने गर्दथ्य । यसैको कमाईबाट परिवारको पालन पोषण गर्न देखि केटा केटीको स्कूल खर्च समेत जुटाउन्थ्ये । पछिल्लो समयमा खप्तड राष्ट्रिय निकुञ्जले निगाला काट्नमा रोक लगाए पछि पार्कि समुदायको पुरख्यौली पेशा नै विस्थापित हुने अबस्थामा पुगेको छ । दिनमा प्रत्येक ब्यक्तिले सात सय भन्दा बढी कमाउन्थ्यौ । घर खर्च यसैबाट चल्थ्यो अहिले घर खर्च चलाउनै गाहे भएको बताउन्छन् स्थानिय प्रभते पार्की । उनि भन्छन् पहिला निगाला ल्याउन पाइन्थ्यो गाउँमा सबै मानिस काममा ब्यस्त हुन्थ्य अहिले नकाम छ नअन्य अरु ब्यवसाय नै ब्यकाम भएर बस्नु परेको छ पार्कीले बताए । गणेश पार्की विहान क्याम्पस जान्थे दिनमा घरमा नै निगालाको सामाग्रीहरु बनाउन्थे आफ्नो स्कूल पढाई खर्च आफै कमाउन्थ्ये । निकुञ्ज निगाला बन्द गरे पनि घर खर्च चलाउन पनि गाहे भएको पार्कीले बताए । पार्कीले भने अहिले बर्षको एक पटक मात्र निकुञ्जले निगाला खोल्छ । त्यसले हामीलाई कच्चा सामाग्री पुग्दैन । प्राकृतिक स्रोतबाट बञ्चित भयौ कम्तिमा पनि महिनाको एक पटक निगाला काट्न पाउनु पर्ने पार्की समुदायको माग रहेको बताए ।