परिक्षण गर्न मान्दैनन् स्थानिय

समाचार

बझाङ – गत साता मंगलबार वित्थडचिर गाउँपालिका–८, जालिमका एक ७२ बर्षिय पुरुष उच्च ज्वरो र खोकिले थलिएको भन्दै उनका छोरा देउलेक प्राथमिक स्वास्थ्य केन्द्रमा आए । उनी डाक्टर बोलाउन त्यहा“ आएका थिए ।
बृद्धलाई कोरोनाको संक्रमण हुन सक्ने आसंकामा औसधी सहित एन्टीजेन किट बोकेर स्वास्थ्य केन्द्रका कर्मचारी जयराज अवस्थी उनको घर पुगे । विरामीमा सबै लक्षण कोरोना स“ग मिल्दा जुल्दा थिए । अवस्थीले कोरोना परिक्षण गर्न खोजे तर उनका छोराले परिक्षण गर्न दिएनन । ‘खेतीपातीको समय छ । पोजेटिभ आयो भने अस्पताल भर्ना गर्नु पर्छ । कुर्ने मान्छे छैन भन्न थाले’ अवस्थी भन्छन ‘विरामीलाई शत प्रतिशत कोरोनाको लक्षण थियो । कामको सिजनमा कोरोना लागेको थाहा पाए पछि परिवारका अरु सदस्य स“ग पनि समुदायका मान्छेहरु तर्किएलान भन्न डरले जति सम्झाउदा पनि परिक्षण गर्न मानेनन । केही सिप नचले पछि औसधी दिएर फर्किएं’ अहिले ति बृद्धको श्रीमती पनि कोरोनाको लक्षण सहितको विरामी भएको तर परिक्षण गर्न परिवारले इन्कार गरिरहेको उनले बताए ।
गत हप्ता थलारा गाउ“पालिकाले लक्षण भएका सम्भावित संक्रमितको परिक्षण गर्ने र अन्य विरामीको पनि उपचारको समेत गर्ने भनेर दंगाजीमा शिविर नै चलायो । शिविरमा एक सय जना जति उपस्थित भए । उपस्थित सबैको एन्टीजेन परिक्षण गर्न खोज्दा सबैको भागाभाग भयो । निकै जोडबल गरे पछि १८ जना परिक्षण गराउन तयार भए । उनिहरुको परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टी भयो । ‘एन्टीजेन परिक्षण गरौं भन्दा सबै भागाभाग गरे’ थलारा गाउ“पालिकाका ल्याव असिस्टेन्ट विशाल ओझाले भने ‘हामीलाई कोरोना छैन किन परिक्षण गर्ने भनेर भाग्न थाले । जवरजस्ती गर्न सकिएन’
घरघरमा गएर एन्टीजेन परिक्षण गर्न हिडेको जयपृथ्वी नगरपालिका ४, को लुयाटा स्वास्थ्य चौकीको टोलीले पनि यस्तै समस्या भोग्नु पर्यो । ‘कुनै लक्षण चिन्ह नभएकाहरु चांही परिक्षण गराउन तयार भए’ परिक्षण टोलीमा हिडेका स्वास्थ्य चौकीका इन्चार्ज नरेन्द्र थापाले भने ‘सम्भावित लक्षण भएकाहरु जति कोसिस गर्दा पनि परिक्षण गराउन मानेनन । हामीलाइ केही भएको छैन । किन परिक्षण गराउन भन्दै भाग्न थाले । सम्भावित संक्रमित हो भनेर थाहा हुदा हुदै पनि हामी परिक्षण नगरी फर्कियौं’
थलारा, वित्थड चिर गाउ“पालिका र जयपृथ्वी नगरपालिका मात्रै होइन । जिल्ला भरीका स्थानियले कोरोनाको परिक्षण गर्न नमान्दा संक्रमण फैलिने खतरा बढी रहेको छ भने धेरै जसो शंकास्पद संक्रमितहरु उपचार नै नगरि मर्न थालेको स्वास्थ्यकर्मीहरु बताउछन । कोरोना संक्रमणको परिक्षण र उपचार नगरी मानिसहरु धमाधम मर्न थाले पछि जिल्ला स्वास्थ्य कार्यालयले पा“च हजार एन्टिजेन किट ल्याएर घरघरमा परिक्षण गर्ने व्यवस्था गरे पनि स्थानियको असहयोगले यो अभियान सफल हुन सकेको छैन ।
‘कोरोनाको दोस्रो लहर फैलिए यता हामी कहा“ आएका ७ हजार एन्टीजेन किट मध्ये २ हजार ३५० वटा मात्र खर्च भएको छ । बा“की त्यसै थन्किएर बसेका छन’ स्वास्थ्य कार्यालयका सुचना अधिकारी नारायण जोशी भन्छन ‘घर मै गएर परिक्षण गर्ने व्यवस्था मिलाउदा पनि मानिसहरु चेक गर्न मान्दैनन । हामीले जवरजस्ती गर्न पनि मिल्दैन’ उनले स्थानियले परिक्षण गर्न नमान्दा संक्रमण भित्र भित्रै फैलिरहेको बताए ।
स्वास्थ्य संस्थामा उपचार गर्न गए कोरोनाको परिक्षण हुने र अस्पतालमा बस्नु पर्न डरले ३० भन्दा बढी शंकास्पद संक्रमितहरुले ज्यान गुमाइसकेको स्वास्थ्यकर्मीहरु नै बताउछन । ‘परिक्षण नगरेर ठोकुवा त गर्न मिल्दैन । तर ३० जना भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएको हुन सक्ने हाम्रो अनुमान छ’ स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले भने ‘कोरोना लागे पछि समाजमा हेला भइन्छ भन्ने डरले हो की के हो ? घर मै गएर परिक्षण गर्न लाग्दा पनि मानिसहरु भाग्ने गरेका छन’ उनले मध्य बैसाख यता जयपृथ्वी नगरपालिका, बुङगल नगरपालिका, छविस पाथीभेरा, दुर्गाथली, खप्तड छान्ना गाउ“पालिकामा मात्रै परिक्षण र उपचार नगरेका ३० भन्दा बढी शंकास्पद विरामीको मृत्यू भएको जानकारी आएको बताए ।
‘यि सबै लक्षण भएकाहरु हुन । यसरी मर्नेको संख्या हाम्रो जानकारीमा आएको भन्दा पनि अझ बढी हुन सक्छ’ उनले भने ‘लापरवाही गर्दा एकातिर मानिसहरु दिन दिनै मरिरहेका छन भने अर्काे तिर संक्रमण व्यापक रुपमा फैलिइरहेको छ’ उनले शंकास्पद कोही पनि नछुटुन भनेर प्रत्येक पालिकामा घर घरमा परिक्षण गर्न एन्टिजेन किट सहित स्वास्थ्यकर्मी खटाएको भए पनि संक्रमण देखिने होकी भन्ने डरले लुक्ने गरेको बताए । ‘समुदायले नै महामारी नियन्त्रणमा असहयोग गरे पछी यसको नियन्त्रण र रोकथाम गर्न हामीलाई पनि समस्या भैरहेको छ । ’ उनले भने ।
आधिकारीक रेर्कड अनुसार बझाङमा हाल सम्म १९ जना संक्रमितले ज्यान गुमाइ सकेका छन । कुल १ हजार ५९३ जना संक्रमित मध्ये १ हजार ४२३ जना निको भएका छन भने अन्यको विभिन्न आइसोलेसन सेन्टरमा उपचार भैरहेको छ । परिक्षण गर्नेहरुको संख्या न्युन भएका कारण संक्रमित कम देखीएको भए पनि यो संख्या निकै बढी हुन सक्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *