वडाअध्यक्ष दम्पतीले गरे अखिल राहात कोषलाई आर्थिक सहयोग

बझाङ

साइपाल खबर
बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–१ निवासी एक दम्पत्तीले वैवाहिक वर्षगाँठको अवसरमा अखिल राहात कोषका लागि आर्थिक सहयोग गरेका छन । केदारस्युँ गाउँपालिका–१ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता लोकेश भण्डारी र अनिता खातीले असार १५ गते परेको ९ औ वैवाहिक वर्षगाँठको अवसरमा अखिल राहात कोषलाई आर्थिक सहयोग गरेका हुन ।
उनिहरुले बझाङ जिल्लास्थित आपद, विपदमा परेकाहरुको सहयोगका लागि अनेरास्ववियु जिल्ला कमिटी बझाङले स्थापना गरेको अखिल राहात कोषलाई २० हजार रकम सहयोग गरेका छन ।
फजुल खर्च गर्नुभन्दा सामाजिक काममा खर्च गर्ने योजनाले आपत, विपदमा काम लाग्ने अखिल राहात कोषलाई सहयोग गरेको अनिता खातीले बताए । साथै अनेरास्ववियुका जिल्ला संयोजक प्रविन्द्र धामी लगाएत अनेरास्ववियु परिवारले भण्डारी दम्पतीलाई बर्षगाँठको शुभकामना तथा अखिल कोषमा रकम सहयोग गरेकोमा धन्यवाद समेत दिएको छ । भण्डारी अनेरास्ववियुका नेता पनि हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *